कोरोना डर र कमिसनको धन्दा रहेछ। प्रमाण सहित।
संसार भरी विभिन्न देशमा लक्डाउन विरुद्ध, भ्याक्सिन विरुद्ध आन्दोलन चल्दै छ, जुन मुलधारका मिडियाले देखाउन्न, बताउन्न, समाचार पनि बनाउन्न!
जुन चिजलाई कोरोना भनेर हल्ला गरिएको छ त्यसमा दर्जनभन्दा बढी रोग लाई एकत्रित गरिएको छ! रुघा, ज्वरो, खोकी, टाइफाइड, निउमोनिया इन्फ़्लुएन्जा, इन्फ़्लुएन्जा लाइक इल्नेस, एआरडिएस, कालाजार, मेनेञ्जाइटिस , इन्सेफलाइटिस, डेंगु, भाइरल ज्वरो, भाइरल फ्लु, हृदयघात् , किडनी सम्बन्धी रोग, प्रेसरको रोग, रुखबाट खसेको, सर्पले टोकेको, गोरुले उनेको, कुकुरले टोकेको, लफडामा भेटेको देखि दमको रोग, पित्तको रोग, चित्तको रोग, लगायत अन्य थुप्रै रोगहरुलाई कोरोना भनिएको छ ! त्यही भएर नै मृत्यु संख्या ज्यादा देखिएको हो !
कोरोना भन्दा अगाडिका यी सबै रोगहरुका लक्षण अनुसार उपचार गर्ने हो भने मृत्यु संख्या घट्ने छ ! किनकि अहिले अस्पताल नै मान्छे मार्ने कामको लागि प्रयोग भइरहेको छ ! माथि उल्लेखित जुनसुकै रोग लागेर अस्पताल गएपनि, पहिले नबिकेका/ नबिक्ने औषधिहरु जस्तै इबोलाको लागि तयार पारिएका, एड्सको लागि तयार पारिएका, हेपेटाइटिसको लागि तयार पारिएका, एवं ल्याबमा तयार पारिएका तर वेच्न नमिलेका, जिउलाई मुर्छा पार्ने, थलो पार्ने, नकारात्मक असरहरु देखाउने औषधि धमाधम चलाइएको छ ! मान्छे कोरोनाको किटाणुले होइन उपचारको नाममा गरिएको प्रयोगले प्राण त्याग्न बाध्य पारिएको छ !
सोच्न, सोध्न र बुझ्न चाहनेहरूको लागि मात्रै !
जुन रोगेको संक्रमितमध्ये ९९% बिना कुनै औषधि उपचार निको हुन्छ! विश्व स्वास्थ्य संगठनले नै भनेको छ, कोरोनाको उपचार औषधि थाहा छैन भनेर। अर्थात प्राकृतिक रुपमा निको हुने रोग रहेछ ! त्यस्तो रोगको लागि भ्याक्सिन अनिवार्य किन गर्न खोजिएको होला ?
सफ्टवेयरको धन्दा चलाइरहेको बिल्लु किन एकाएक भ्याक्सिन तिर लागेको होला? यस अघि धेरै चोटि बिल गेट्सको प्रयोगात्मक भ्याक्सिनले किन अफ्रिका र इंडियामा लाखौँ मानिसको अंगभंग र मृत्यु भएको कुरा दबाउन करोडौं डलर तिरिएको होला ? हामीलाई किन प्रयोगात्मक भ्याक्सिन अनिवार्य गराइँदैछ? जबकि उत्पादक कम्पनीहरुले नै यी भ्याक्सिन २०२३ सम्म एक्स्पेरिमेंटकै चरणमा रहने अनिमात्र निष्कर्ष निस्किने कुरा बताउँदै आएका छन् ! भ्याक्सिन अनिवार्य गर्न पाइन्न भनेर विश्व व्यापी चलेको आन्दोलन किन मिडियाले देखाउन्न ? लोकतन्त्र सुचनाको अधिकार भनेर नथाक्नेले किन विचार दबाउन हरसम्भव प्रयास गर्दै छ ? हामीलाई किन कुरा लुकाइएको होला? महामारी यथार्थमा भएको भए एस्तो किन?
त्यो प्रयोगत्माक भ्याक्सिन लगाइरहेका किन मरिरहेका छन् ? दुवै चरणका लगाएका किन एकाएक विरामी पर्दै छन्? अमेरिकामा किन दैनिक ३० जना भ्याक्सिनको साइड इफेक्टले मर्दै छन्? अमेरिकामा ६ महिनामा किन २ लाख जति खोपको कारण नकारात्मक असर आयो? अमेरिकामा त भ्याक्सिनको तथ्यांक राखिन्छ त्यसैले यो कुरा आयो ! नेपाल इंडिया, अफ्रिकामा कति भ्याक्सिन्ले मार्यो होला? तर सबैलाई कोरोना भनिएको त छैन?
एक दर्जनभन्दा धेरै रोगहरूलाई एकत्रित गरेर किन कोरोना भनिएको छ? मान्छे जेसुकै ले मरे पनि कोरोना देखाउन तछाड मछाड किन? सर्प ले टोकेको, गोरुले हानेको, रुखबाट लडेको, घरबाट खसेको, देखि पहिल्यै बाट दिर्घ रोग लागेकालाई फल्स पोजिटिभ देखाउँदै शरीरले थेग्नै नसक्ने किसिमको एन्टिबाइटिक प्रयोग गरेर मृत्युको आँकडा बढ्दो छ ! तथ्याङ्क बाट कुरा गर्ने हो भने, हरेक वर्ष साधारणतय जति मानिसको मृत्यु हुने गर्थ्यो यो कथित महामारी आएपछि पनि मृत्युदर जस्ताको त्यस्तै हुनु तर मृत्युको डर मात्र किन बढेको होला ? वा मिडियाको प्रयोगले बढेको होला ?
के नेपालमा कोहि डाक्टर छ, जसले आफ्नै पद्दति, विवेक र मगज प्रयोग गरेर उपचार गर्ने आँट गरोस् ? विश्व स्वास्थ्य संगठन कसको लागी काम गर्छ भनेर एक दशक अघि नै पुष्टि भै सकेको थियो। सन् २००९ मा विश्व स्वास्थ्य संगठनले स्वाइन फ्लु(H1N1) भाइरसलाई पनि प्याण्डेमिक(महाव्याधि) भनेर घोषणा गर्यो। केहि समय व्यापक प्रचार, मिडियाबाजी पनि भयो तर युरोपको पेस(PACE) को स्वास्थ्य सम्बन्धि विभागले यस बारे अनुसन्धान गर्यो। सन् २०१० मा स्वाइन फ्लुलाई महामारी भनेर फ़ैलाइएको हौवा विश्व स्वास्थ्य संगठनले गरेको सताब्दीको सबै भन्दा ठुलो ठगि काण्ड (स्केण्डल) हो भनेर पेसले निस्कर्ष निकाल्यो। विश्व स्वास्थ्य संगठनका वैज्ञानिक भनिनेहरु सबै औषधि व्यापारीको प्रभावमा चल्ने रहेछ भन्ने बारे पनि अनुसन्धान कमिटीका प्रमुख डा वुल्फ़गाङ्गले ले सन् २०१० मै बताएका थिए। विश्व स्वास्थ्य संगठनका विज्ञहरुको स्वाइन फ्लुको भ्याक्सिन निर्माताहरु संग साँठ-गाँठ रहेको बारे पनि त्यो बेला धेरै समाचार बनेको थियो। त्यस्तो संगठनको आदेशमा बाँधिएर कतै हामी गुलाम/दास त बनेको छैनौं ? आफनो देशमा कस्तो उपचार पद्दति लागु गर्ने भन्ने बारे पनि निर्णय गर्न न सक्ने मेडिकल काउन्सिल बन्द गरौँ।
विगत वर्ष बाट हामीलाई प्रत्येक पल कोरोनाको खबरले मस्तिष्क भरिएको छ। अहिले फंगस(ढुसी), ब्याक्टेरिया वा अन्य कुनै कारक तत्त्वले निम्त्याएको ज्वरो वा अन्य कुनै पनि रुघा जन्य लक्षण भयो कि कोरोना भनेर उपचार गरिएको त छैन ?
रेम्डिसिभिर, हाइड्रोक्लोरोकिन एवं प्लाज्मा थेरापीले केहि पनि सहयोग नगर्ने पुष्टि भै सक्दा पनि नेपालमा अझै यसको प्रयोग गरिनु कमिसनकै खेला हो। मान्छे मार्ने कुचेष्टा हो। कोरोना र रेम्डिसिभिरको नाममा मान्छे लुट्ने धन्दा पनि उत्तिकै मौलाएको छ। गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले बुटवल देखि काठमाडौँ एम्बुलेन्समा गएको ६० हजार असुल्ने। बि एण्ड सी अस्पतालमा २ दिन पनि न बसेको बिरामीको लाखौँको बिल आउनेले पनि सबै कुरा छर्लङ्ग हुन्छ। ४ हजार ९ सय रुपैयाँमा विक्री गरिनु पर्ने स्वास्थ्य मन्त्रालयले सुचना जारि गरेता पनि २० हजार रुपैयाँमा समेत कारोबार चलेको कुरा खुल्न आएको छ। रेम्डिसिभिर, हाइड्रोक्लोरोकिन एवं प्लाज्मा थेरापीले केहि पनि सहयोग नगर्ने पुष्टि भै सक्दा पनि नेपाल औषधि आयातकर्ता संघले अझै पनि रेम्डेसिभिरको आयात रोकेको छैन। यो भन्दा मुर्खता अरु के हुन सक्छ ? यसमा औषधि विभाग पनि उत्तिकै लाचार र लोभमा डुबेको देख्न सकिन्छ। त्यति मात्र होइन रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन गर्ने भनेर, नेसनल हेल्थ केयरले अनुमति समेत पाई सकेको छ। ज्वरो, रुघा, खोकी, पखाला आदिको लागी प्रयोग गरिने औषधिको बजारमा अभाव भै सकेको कुरा पनि बुझ्नमा आएको छ। तर ती औषधि सस्तो पर्ने र कमिसन नआउने भएकाले आयात गर्न कसैको ध्यान पुगेको छैन। तिनको निर्माण गर्दा फाइदा न आउने भएकाले पनि यो दुरावस्था निम्तिएको छ। तर उपचारमा प्रयोग गर्न नमिल्ने रेमडिसिभिर नेपालमै उत्पादन गरिने, आयात गरिने भनेको नेपालीको ज्यान जानी जानी जोखिममा राख्ने र लुट्ने प्रपन्च हो।
लक्षण अनुसारको उपचार गरौँ। डरको धन्दा बन्द गरौँ। कमिसनको लागी देश, जनतालाई खाडलमा नपुरौं।
नेपाल आमाको जय
जागुन् राष्ट्रिय गाथा।।
सम्बन्धित लेखहरु पढ्न यँहा क्लिक गर्नुहोला
अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट
Comments
Post a Comment