अमेरिकामा करीब २ लाख मानिसमा भ्याक्सिनको कारण स्वास्थ्य समस्या।।
अमेरिकामा दैनिक ३० जनाको मृत्यु कोरोना खोपको कारण भै रहेको रिपोर्ट आयो। टकर कार्ल्सनका अनुसार भाएर्स(VAERS) अमेरिकाको सरकारी भ्याक्सिन बारे नकारात्मक असरको तथ्यांक राख्ने प्रणाली बाट बुझ्दा सन् २०१९मा मृत्यु हुनेको संख्या २०३ थियो। सन् २०१८ मा ११९ थियो। त्यस्तै २०१७ मा ८५ जनाको भ्याक्सिनको कारण मृत्यु भएको रहेछ। तर ज्यान बचाउन, अझ नेपाली ठालु भ्याक्सिन प्रचारकका अनुसार त अमर नै बनाउने कोरोना भ्याक्सिनको कारण अमेरिकामा दैनिक ३० जनाको मृत्यु हुँदै छ। डिसेम्बर २०२० देखि २०२१ को अप्रिल २३ सम्म 3,७२२ को मृत्यु भ्याक्सिनको कारण भएको भाएर्स डाटावेस(तथ्यांक संकलन)मा दर्ता भएको छ। सरकार एवंतयस्तै अर्को ७ दिनको पनि तथ्याङ्क आइ सकेको र सो समयमा अरु ११५ जनाको मृत्यु भ्याक्सिनको कारण भएको छ। एवं भ्याक्सिनको कारण स्वास्थ्य समस्या देखि मृत्यु अर्थात भ्याक्सिन पिडितको संख्या ५ महिनामा १,८८,४३७ जना पुगेका छन्। (VAERS data) अमेरिकामा मात्र होइन अन्यत्र पनि भ्याक्सिनको कारण स्वास्थ्यमा गम्भीर समस्या देखि मृत्यु बढ्दो भएकाले विश्वव्यापी उच्च विज्ञ, वैज्ञानिक समुहले पनि भ्याक्सिनमा तत्काल रोक लगाउन माग गरेका छन्। (रिपोर्ट)

खोप लगाउन पर्छ भन्ने फार्माले फाल्ने हड्डी चुस्नेको आँखा खुलोस्
भ्याक्सिनको नकारात्मक असर मध्ये कानमा टिनिनीनिनिनि आवाज बज्ने(टिनिटस) पनि एक समस्या रहेछ। अनुसन्धाता एलेक्स बेरेन्सनका अनुसार भाएर्स डाटावेसमा दर्ता भएका सम्पूर्ण टिनिटसको समस्या मध्ये ३० प्रतिशतको कारण कोरोना भ्याक्सिन बनेको छ।
अक्सफोर्ड विश्व विद्यालय र लस एन्जेलस विश्वविद्यालयका अनुसन्धाताले ८ भिन्न देशमा कोरोना भ्याक्सिनको साइड इफेक्ट (नकारात्मक असर)को अध्ययन गर्दा १८ देखि ३४ उमेरका पुरुष भन्दा महिलामा नशामा रगत जम्ने समस्या देखियो। भ्याक्सिन लगाएका र नलगाएका ८५ वर्ष उमेर माथिकालाई नियाल्दा लगाउनेमा हृदय घात धेरै मात्रामा पाइयो। अन्य युवा वर्गलाई एपेण्डिसाइटिस पाइयो।
इन्डियन चर्चित गायक सोनु निगमका अनुसार उनको साला भ्याक्सिन नलागाउँदा सम्म हट्टाकट्टा थिए। तर भ्याक्सिन लगाए पश्चात उनको मृत्यु भयो।
भ्याक्सिन नालागाउँदा ९९ प्रतिशत मानिस निको भै रहेको रोगको लागि भ्याक्सिन लगाएर मृत्युको संख्या बढाउने मुर्खता त गर्दै छैनौं ? मगज भए प्रयोग गरौँ ?
अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट
Comments
Post a Comment