Posts

धर्म परिवर्तनको टेण्डर

Image
केहि महिना अघि सम्म कहिले ७ लाख कहिले ७० लाख दलितको धर्म परिवर्तनको टेण्डर परे जसरी बोल्नु हुन्थ्यो। नेपालको एक मूल धर्म हिन्दु छोडेर नेपालको अर्को मूल धर्म बौद्धमा जाने र अरुलाई पनि लैजाने उद्देश्य बोल्नु हुन्थ्यो मित्र जी पिएचडी।अहिले एकाएक मष्ट धर्मको टेन्डर पास भए जस्तो, त्यता लालायित हुनु भएछ ! उक्त धर्मको धार्मिक ग्रन्थ लेख्ने टेन्डर फेरी, आफुलाई खुंखार नास्तिक भन्ने मदन बोकाइएका बानियाँ र नेपालका सबै भन्दा ठुला पास्चर केबि रोकायाका भाइटल पदाधिकारी, युट्युब्मा मलाई राष्ट्रपति बनाइदेउ भन्ने पिएचडी सुरेन्द्रलाई परेछ !  नेपालको मूल धर्म संस्कृति संस्कारलाई एक अर्काको विपरीत पुष्टि गर्ने र सबै पृथक धर्म हुन् भन्ने पहिचान बनाउने योजना अन्तर्गत सबैले आफ्नो जरो खोज्ने कुरा छायो। अहिले सबैले आफ्नो कुल पुजालाई एक नयाँ धर्म, आफ्नो इष्ट देवको नाममा नयाँ धर्म बनाउने र नेपाली मूल धर्म एक ढिक्का हुनुको सट्टा छिन्न भिन्न गराउने अभियानहरु मौलिकता, पहिचानको खोजि, जरोको खोजि, आदि आवरणमा दिनहुँ चल्दै छन्।  उता खुवालुङ् एता कालिगण्डकी डाइभर्सन, सबैको सांस्कृतिक, धार्मिक धरोहर माथि...

वैश्विक राजनीति र नेपाल। भूराजनीतिक विश्लेषण।

Image
जी ७(जी-सेभेन)को तीन दिने सम्मेलन सकिए लगत्तै वैश्विक राजनीतिमा तरंग पैदा भएको छ। वि स २०७८ जेष्ठ २८,२९ र ३० गते बेलायतमा भएको सो सम्मेलनमा मुख्य विषय: कोरोना भ्याक्सिनको धन्दा, अमेरिकाको युरोपसंग बिग्रिएको आर्थिक कारोबारको सहजीकरण, डिजिटल मुद्रा, हवाई उडान थियो। पश्चिमाको कुनै पनि वैठक, सम्मेलन चिन बारे किचलो, बखडा सृजना नगरी नहुने प्रवृत्तिको सिलसिलाले पनि निरन्तरता पायो। जी-सेभेनले ताइवान लफडा सुल्झाउने कुरा उठान गरे पश्चात चिनले यस पालि आक्रामक शैलीमा जवाफ फर्कायो। लण्डनमा अवस्थित चिनियाँ दुतावासका प्रवक्ताले, "केहि मुट्ठी भरका देशका प्रतिनिधिले दुनियाँको निर्णय लिने र त्यो लागु हुने जमाना सकिईसकेको" अभिव्यक्ति दिए।  सोहि दिन ग्लोबल टाइम्स ले, जी-सेभेनका देशहरु मुर्छा भएको र अन्तिम वैठक बसेको इंकित गर्दै एउटा कार्टुन प्रकाशन गर्यो। सो कार्टुनमा सबै देशलाई तिनको पहिचान बोक्ने जनावरले दर्शाएको थियो। अमेरिकाको चिलले सभा सम्बोधन गरेको देखिन्थ्यो भने जापानले आणविक विकरण युक्त हरियो झोलले प्याला भरेर सेवा गरेको देखाइएको छ। इण्डियालाई गेरु रंगको पगरी सहित भुइँमा बसेको सलाइन पान...

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।

Image
अगिल्लो भागमा दरबार र विदेशी टकरावको संक्षिप्त भूमिका सहित राजा महेन्द्रको हत्या बारे उजागर गरेका थियौं। त्यहि प्रसंग बाट जोडेर आजको भाग आरम्भ गर्दै छौं। सिआइए र इंडिया मिलेर राजा महेन्द्रलाई पाखा लगाए पनि, राजा विरेन्द्र उनीहरुले सोंचे सरह सजिलो पाएनन्। त्यस पछि, राजा विरेन्द्र तिर संकट सर्यो। संकट टार्ने प्रयास स्वरूप उनले धेरै प्रयत्न गरे। खम्पा बिद्रोह निस्तेज पारे। नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गरे। इंडियाको राजीव गान्धी हत्यामा उनको पनि लगानी रहेको बेतुकको कुरा उछालियो। सार्कको गठन गरे। अमेरिकाको अमेरिकी सैन्य बेस नेपाल ल्याउने प्रस्ताव सोझै नकार्दिए। अमेरिकी सैन्य गुटमा रहने कुरा अस्विकार गरिदिए र नेपाल शान्ति क्षेत्र हो भन्दिए। क्रिस्टियन धर्म परिवर्तनकारीलाई जेल चलान गरे। त्यस पछि सी आइ ए, भ्याटिक्यान र इंडिया मिलेर वंश नाश गर्ने राज दरबार हत्याकाण्डको डिजाइन भयो। प्रत्येक इतिहास जोड्दा निकै लामो हुने भएकाले सिधै दरबार हत्याकाण्ड बाट बताउने छौं। २०५७ जेठमा शेर बहादुर देउवा नेतृत्वको राज्य व्यवस्था समितिबाट नागरिकता विधेयकलाई अर्थ विधेयकमा घुसाएर पारित गर्ने प्रपन्च चल्यो। ...

मुलुक विदेशीको जिम्मा लगाउने खेल। बजेट २०७८/७९ ।।

Image
हरेक पटक देश खाडलमा फस्ने, देशमा उथल पुथल गर्ने मुद्दाहरु हाम्रा नेताहरुले बक्न, फलाक्न, बतुराउन र खोक्न अगाडी विदेशी जहाज नेपाल आउने चलन रहेको कुरा सबैमा जानकारी छ। अलिकति विगत एक वर्षमा भएका त्यस्ता केहि घटना बारे बताउन चाह्यौं।  १) मिति २०७७ साल वैशाख १ गते बाबुरामले ट्वीटर मार्फत आफ्ना मालिकहरुलाई  नेपाल सिध्याउने, नेपालको संस्कृति नामेट पार्ने र बिदेशी संस्कृति लाद्ने आफ्नो त्यो मिसनको लागि अझै पनि सक्षम छु भनेर आफ्नो बफादारीको सगुन टक्र्याउछन्। त्यसको एक हप्तामा, बैसाख आठ, रातारात, न कुनै सल्लाह, न कुनै सुझाव, दुइटा अध्यादेश पारित हुन्छ। एउटा संबैधानिक परिषद सम्बन्धि र अर्को राजनीतिक पार्टी सम्बन्धि। र त्यसको भोलिपल्ट बैसाख ९ मा ४५ किलो कुटनीतिक दस्ताबेज पारसल बोकेर अमेरिकाबाट N588AT नम्बरको गल्फ स्ट्रिम जेट दिउँसो करीब १२बजेर ५०मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय एअरपोर्टमा अवतरण गर्छ। अध्यादेश पारित हुनु, कोरोनाको कारणले हवाई उडान सबै ठप्प पारिएको अवस्थामा अमेरिकी जहाज नेपाल आउनु ? र त्यसको पर्सि पल्ट सबै देश भाड्ने गिरोहको एक झुण्ड एकत्रित भएर जसपा नामको पार्टी खुल्नु ?...

दरबार हत्याकाण्डमा संलग्न बाह्य शक्ति। भिडिओ सहित।

Image
दरबार हत्याकाण्डको २ दशक बिति सकेको छ। यस बिचमा धेरै कुराहरु सुनिए, धेरै कुराहरु पढिए र भिडिओहरु पनि हेरिए। त्यसैको आधारमा विभिन्न जानकारी संकलन गरेर केहि वैश्विक चलखेलको मध्येनजर गरेर अनुमान,सत्य, तथ्य सबैको मिश्रण गरेर यस कार्यक्रम तयार पारिएको छ।  दरबार हत्याकाण्डको चुरो कुरो बुझ्न दरबार र विदेशी टकराव बुझ्न जरूरी हुन्छ। त्यसैले, आजको एपिसोडमा थोरै भूमिका सहित राजा महेन्द्र प्रति विदेशी मनमुटाव बारे उजागर गर्ने छौं। केहि हप्तामा राजा विरेन्द्रको वंश देखि नेपाल बाट राज संस्था नामेट पार्न चालिएका प्रपन्च लिएर आउने छौं। नेपालमा राजसंस्था सबै भन्दा शक्तिशाली संस्थाको रूपमा रहेको थियो भन्ने कुरा सबैलाई अवगत नै छ। नेपाल भित्र बाट मात्रै त्यसलाई कमजोर पार्न र विस्थापन गर्न असम्भव थियो। त्यसैले विदेशी चलखेलमा नेपालीको सहयोगबाट त्यो घटना( राजाहरुको हत्या ) घटाइएको थियो। प्रसंग सुरु गरौँ, राजसंस्था र विदेशी शक्ति विच उत्पन्न मनमुटाव र टकराव बाट।  तत्कालिन इस्ट् इंडिया कम्पनिको नजर नेपाल माथि थियो। अंग्रेजको पञ्जा बाट नेपाली मूल धर्म बचाउन एक जना रक्षक(बडा महाराज पृथ्वी नारायण शाह) जा...