राष्ट्रिय परिचयपत्रमा लुकेको षड्यन्त्र ।

नागरिकताको बहसले सधैँ माहोल तताउने नेपालमा हाल परिचयपत्र को नयाँ जालो फ़िजाइएको छ। यसमा नागरिकता प्राप्त गरिसकेका र नागरिकता प्राप्त गर्न योग्य व्यक्तिलाई परिचय पत्र उपलब्ध गराउन सकिने प्रावधान छ। संग-संगै नाबालक राष्ट्रिय परिचयपत्रको पनि व्यवस्था छ। नेपालको गुम्बा, इसाईले संचालन गरेका फोस्टर होम र अन्य आइएनजिओ/एनजीओले चलाएका अनाथाश्रम एवं मदरसामा भएका बालबालिकाबारे तथ्याङ्क; कँहा भेटीए, कसले जिम्मा लगायो आदि कुराको नियमन पहिले हुन जरुरी छ। देशमा बहुलराष्ट्रको मुद्दा चर्किंदै गर्दा र इण्डो-पश्चिमा शक्तिको तिब्बत तिर अस्थिरता सुरु गर्ने एवं तराई टुक्राउने योजना त उनीहरुकै लेखक, कुटनीतिक प्रवुद्धहरुले उजागर गरेको सबैमा घाम जस्तो छर्लङ्ग छ। कतै इण्डिया र तिब्बत देखि एवं रोहिङ्गाका बालबालिका, पेशाको लागि नेपाल छिरेका बंगलादेशीलाई मुस्लिम आयोगले प्रमाणीकरण गरेर परिचयपत्र बनाउने योजना त छैन ? नेपालको नागरिक बनाएर आरएसएसले हिन्दु मुसलमान वा पश्चिमाले नाक चुच्चे, नाक न्याप्टे विच घृणा, दङ्गाको माध्यमले युद्धको प्रपन्च बुनेको त छैन ? तिब्बत स्वत्रन्त्र गराउने भनेर विद्रोहीलाई नेपाली नागरिक बनाए...