भ्याक्सिन र पिसिआर बारे सनसनी खुलासा। करोडौंको प्रलोभनमा जीवन।

 



लेखमा निलो अक्षरहरु स्रोत हुन्। क्लिक गरेर जाँच गर्न सक्नु हुनेछ। 

अमेरिकामा कोरोनाको नयाँ नयाँ खेला चल्दै छ। भ्याक्सिनको कारण ६ महिनामा करीव २ लाख मान्छेको स्वास्थ्यमा सामान्य असर देखि गम्भीर स्वास्थ्य समस्या एवं दैनिक ३० जनाको मृत्यु भएको छ। यो रिपोर्ट टकर कार्ल्सनले आफ्नो टिभी कार्यक्रममा पनि उजागर गरेका छन्। भ्याक्सिनको कारण नकारात्मक असर बारे चर्चित टिभी प्रस्तोताले सो रिपोर्ट प्रस्तुत गरे पछि अमेरिकी नागरिकमा भ्याक्सिन प्रति अविश्वास जागेको छ। त्यसैले अमेरिकाको ओहियो राज्यले चिट्ठा प्रणाली लागु गरेको छ। १२ मे २०२१(बैसाख २९ २०७८)मा ओहियो राज्यका गभर्नर(राज्यपाल) माइक दे वाइनले अबको २ हप्तामा ५ जना भ्याक्सिन लगाएकाले चिट्ठा मार्फत १० लाख अमेरिकी डलर(करीव १२ करोड नेपाली रुपैयाँ) जित्ने अवसर पाउने भनेर घोषणा गरे। मे २६, बाट ५ हप्ता सम्म हरेक हप्ता एक जना मान्छे १० लाख डलर बिजेता हुनेछन् भनेर भ्याक्सिन लगाउन आकर्षित गर्न, लोभ, मोह, प्रलोभनबाट पनि खेला चलेको बुझ्न सकिन्छ। त्यस्तै भ्याक्सिन लगाएमा मास्क लगाउन नपर्ने घोषणा पनि चल्दै छ। इज्राएलमा कोभिड पास (हेल्थ पास) भएकाले मास्क नलगाए पनि हुने नियम आएको छ। २० अप्रिल २०२१मा टाइम्स नावोले इज्राएलमा मास्क लगाउन नपर्ने भयो भनेर समचार छाप्यो। सोहि कुरा अमेरिकाले पनि गर्न लागेको बुझ्न सकिन्छ। १३ मे २०२१मा बाइडेनले एका एक अमेरिकाको लागि राम्रो दिन भन्दै अब भ्याक्सिन लगाएकाले मास्क लगाउन नपर्ने घोषणा गरे। फ़ाइजर भ्याक्सिनको १२-१५ उमेरका वालबालिकामा परिक्षण फुकुवा भएको खुशियालीमा सो निर्णय सुनाइएको थियो।


अप्रिल ३०, २०२१मा अमेरिकाको रोग रोकथाम एवं निवारण केन्द्र(सिडिसी)ले नयाँ नौटंकी जारि गर्यो। कोरोना परिक्षणको लागि साइकल काउण्ट थ्रेस्होल्ड(Ct)को मापदण्ड फेरेर २८मा झारियो। यसमा ठुलो षड्यन्त्र लुकेको छ। क्यानाडाका वरिष्ठ अधिवक्ता रोको गलाटि, जो रेइनेर फुल्मिचको नेतृत्वमा १० हजार चिकित्सा क्षेत्रका विज्ञ एवं १००० वकिलको समूह मिलेर विश्व स्वास्थ्य संगठन, डाभोस ग्रुप र सिडिसी विरुद्ध कोरोनाको माध्यमले मानवता विरुद्ध गरिएको अपराध भनेर मुद्दा लड्दै छन्, उनका अनुसार अहिले पिसिआरको माध्यमले अर्को भ्रमको खेला रचिंदै छ। गलाटिका अनुसार पिसिआरको चक्र गन्ति (Ct) जति कम गरिन्छ उति थोरै फल्स पोजिटिभ देखिने र जति धेरै राखिन्छ त्यति धेरै फल्स पोजिटिभ देखिने हुन्छ। अहिले सम्म विश्व स्वास्थ्य संगठनले ३५ भन्दा माथि राखिनु पर्ने नियम राखे तापनि एकाएक अमेरिकी सिडिसीले भ्याक्सिन लगाएकालाई २८ को मापदण्ड राख्यो। यसले अब भ्याक्सिन लगाएकाको फल्स पोजिटिभ नदेखिने र कोरोना संक्रमणको संख्या घट्ने र भ्याक्सिनले काम गरेको पुष्टि गर्ने चाल हो भनेर गलाटिले आरोप लगाएका छन्।


भ्याक्सिनले कोरोना नरोक्ने कुरा धेरै देशमा सिद्ध भएको छ। २० मे २०२१मा नोबेल विजेता फ्रान्सका भाइरोलोजिस्ट(भाइरस सम्बन्धि विज्ञ) लुक मोण्टेग्नियरले अन्तर्वार्ताको क्रममा अहिलेको भ्याक्सिन लगाउने कार्यक्रम चिकित्सा क्षेत्रको सबै भन्दा ठुलो गल्ति रहेको ठहर गरेका छन्। जुन जुन देशमा भ्याक्सिन लगाइएको छ त्यो देशमा कोरोनाको कारण मृत्युको आँकडा पनि बढ्दो छ। भ्याक्सिनले नै कोरोनाको नयाँ भेरिएण्ट बन्नमा मद्दत गरेको पनि उनले बताएका थिए। 

पूर्वी अफ्रिकामा अवस्थित सेसेल्स भन्ने देशमा भ्याक्सिन लगाएका मानिसमा क्रोरोना संक्रमण बढ्दो देखिएको छ। सेसेल्समा लगभग ६० प्रतिसत जनसंख्याले भ्याक्सिन लगाएका थिए। भ्याक्सिन लगाउने मध्ये ३७ प्रतिसतमा कोरोना संक्रमण देखिनुले पनि यो भ्याक्सिन काम नलाग्ने रहेको पुष्टि हुन्छ। सायद अमेरिकाले यो कुरा बुझी सकेकोले खोपको धन्दा चौपट हुने डरले सिडिसीले २८ गन्तीको पासा अगाडी थापेको हुन पर्छ। त्यस्तै, अमेरिकाको येल विश्वविध्यालयका महामारी रोगका विज्ञ(एपिडेमिओलोजिस्ट) हार्भी रिचका अनुसार कोभिड केसमा ६० प्रतिशत कोरोना संक्रिमत भ्याक्सिन लगाई सकेका मान्छे छन्। उनले अमेरिकी रोग रोकथाम एवं निवारण केन्द्र(सिडिसि)ले तथ्याङ्क लुकाई रहेको आरोप समेत लगाएका छन्। 


बैसाख १६ २०७८मा हामीले निम्न कुरा बताएका थियौं। 

अमेरिकामा एस्ट्रजेङ्काको 6 करोड डोज भ्याक्सिन फ्याक्न पर्ने अवस्था आयो। भ्याक्सिन लगाए पश्चात रगत जमाउने समस्याको कारण धेरै मानिसको मृत्यु भएकोले लगभग २ दर्जन देशमा प्रतिवन्धित भै सकेको सो भ्याक्सिन अमेरिकामा पनि  प्रतिवन्धित छ। साथ् साथै जोन्सोन एण्ड जोन्सोनको ज्यान्सेन भ्याक्सिनमा पनि त्यस्तै समस्याको कारण अमेरिकामा प्रतिवन्धित गरिएको छ। स्रोतका अनुसार १ करोड ज्यान्सेन भ्याक्सिन पनि नष्ट गर्न पर्ने अवस्था अमेरिकामा आएको छ। यस हिसावले करीब ७ करोड भ्याक्सिन डोज ज्यानमारा सिद्ध भएको छ। त्यो नष्ट गर्न भन्दा गरिब देशलाई बाँड्ने प्रपञ्च चल्दैछ। 


सोहि ज्यानमारा भ्याक्सिन नेपालमा आउने भनेर जेष्ठ ११मा नेपाल सरकारले पहल गरेको छ। परराष्ट्र मन्त्रालयले अमेरिकाबाट ५० लाख डोज जोन्सन एन्ड जोन्सन भ्याक्सिन खरिद गर्न अमेरिकी सरकारलाई पत्राचार गरेको छ । यस सम्बन्धमा सम्बन्धित देशको दूतावासमार्फत समन्वय भइरहेको छ । यसैगरी, बेलायत सरकारसँग ५० लाख परिमाणकै खोप ल्याउनसमेत आवश्यक पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । बेलायत को भ्याक्सिन करीब २ दर्जन देशमा पूर्ण रूपमा प्रतिवन्धित गरिएको छ। रगत जम्ने समस्याले हजारौंको मृत्यु भएकाले एस्ट्रजेङ्का भ्याक्सिन अन्य देशमा रोकिएता पनि नेपाल सरकारले पैसा तिरेर मृत्यु किन्नु भनेको मुर्खता हो। 


“उठ खोज, पढ, बुझ, बुझाउ। यो मान्छे मार्ने योजनाको लागी चालिएको खेला हो”, भनेर विश्वव्यापी धेरै डाक्टरले यसको विरोध पनि गर्दै छन्, तर ती समाचार लुकाइनु, नबताइनुले पनि, केहि ठुलो खेला चलेको त छैन भन्ने कुराको पुष्टि गर्छ। 


सबै नेपालीले यसको घोर विरोध नगरेमा देशमा ठुलो संकट छाउने छ। 



अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)





Comments

  1. Thank for disclosing incredible thing of the peoples in this present environment .

    ReplyDelete
  2. समस्या बतायर मात्र समाधान निस्कन्न। समस्या काेट्टयाएर समस्या धेरूे देखिन्छ तर समस्या देख्नेले समाधानकाे उपाय दिन सक्नु पर्छ । काेभिड १९ केहाे के हाेईन काे बहसमा काेभिडले कसलाई के सम्म गर्याे भन्ने पनि हेक्का राखाैं । क्षति न्युनिकरणका उपाय राजनितिक मात्र हैन प्राविधिक र चिकित्सकिय नै हुनु पर्छ ।

    ReplyDelete
  3. समस्या बतायर मात्र समाधान निस्कन्न। समस्या काेट्टयाएर समस्या धेरूे देखिन्छ तर समस्या देख्नेले समाधानकाे उपाय दिन सक्नु पर्छ । काेभिड १९ केहाे के हाेईन काे बहसमा काेभिडले कसलाई के सम्म गर्याे भन्ने पनि हेक्का राखाैं । क्षति न्युनिकरणका उपाय राजनितिक मात्र हैन प्राविधिक र चिकित्सकिय नै हुनु पर्छ ।

    ReplyDelete
    Replies
    1. दर्शन हजुर
      हाम्रो बैद्ध बिधि मा फर्कू हामी। जीत निस्चीत छ।

      Delete

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।