इंडियामा चलेको महामारीको रहस्य खुल्यो।
इन्डियन कोरोना र नेपाली लक्डाउन कोरोनाको भूत देखि भविष्य, यसको प्रायोजन र विविध आयामबाट करीव दर्जन लेख भिडिओ प्रकाशन गरि सकेका थियौं। आज यसै शृंखलाको नयाँ कडी बारे अध्यावधिक(अपडेट) लिएर आएका छौं। करीब छ महिना अगाडी कोरोना भ्याक्सिन बारे जान्नै पर्ने तथ्य नामक लेख बाट हामीले बताउँदै आएको कुरा अहिले सत्य सावित बन्दै गएको छ। हामीले सतर्कता गराउँदै आए सरि वैश्विक खेला चल्दै गएका हुनाले अब बताइने कुराहरु आँखा चिम्म गरेर नपत्त्याउनु होला। निर-क्षीर विवेक अपनाएर पढ्नु होला, खोज्नु होला। अब विषय तिर प्रस्थान गरौँ। वैसाख २०७८को पहिलो हप्ता देखि इंडियामा कोरोनाको ठुलो लहर फैलिएर मान्छे पोल्ने समसानमा ठाउँ खचाखच भएको तस्विर जता ततै देखिएको छ। २०७६ को जाडोमा दुरुस्तै अवस्थामा इटाली भन्ने देशलाई देखाइएको थियो। त्यहि इटालीको हस्पिटलमा खिचिएका भिडिओलाई आधार बनाएर कोरोना भन्ने रोगलाई महामारीको नाममा स्थापित पनि गराइयो। तर अहिले यो पुष्टी भै सकेको छ, कि त्यो समय जति पनि मृत्यु इटालीमा भएका थिए ती सबैको कारण कोरोना थिएन। इटालीको सरकारले त्यो मिडियाबाजीको केहि महिनापछि बल्ल आफ्नो तथ्यां...