जन गणना २०७८ मा निहित षड्यन्त्र भाग १: परिचय र समाधानको बहस आरम्भ ।।

माओवादी प्रयोग गरेर यँहाको धार्मिक आस्था, राष्ट्रप्रेम र मनोविज्ञान विक्षिप्त पार्दै राष्ट्र खण्डिकरण हुँदै विसर्जनको योजना सहित चलिएको प्रपन्च बारे अघिल्लो ३ लेखहरुमा उजागर गरि सकेका थियौं। आज जन गणना २०७८ मा निहित षड्यन्त्र बारे केहि बताउने जमर्को गरेका छौं। माओवादीले डर हावी गराएर राखेको नेपाली समाजमा धर्म संस्कृति, पहिचान, आफ्नोपन, इतिहास, पुर्खाका वैभव विरासतको खोजि बढेको छ। अझ भन्ने हो भने आफ्नो मूल बाट छिन्न भिन्न भएका नेपालीले अहिले आफ्नो राष्ट्रिय, सांस्कृतिक, सामाजिक मूल्य मान्यताको जगेर्णा गर्ने र खोजि गर्ने गतिविधिले तिब्रता पाएको छ। यसै बीच नेपालमा हिन्दुत्वको नारा निकै आक्रामक शैलीमा गुञ्जिन थालेको छ। २०४७को संविधान र तत्कालिन व्यवस्था अनुसार नेपाललाई हिन्दु राष्ट्रको पहिचान दीएको भएता पनि यँहाको मूल धर्म बौद्ध, किराँत र बोनले पनि उचित संरक्षण पाई रहेका थिए। नेपाली मुसलमानलाई पनि हज जाने सुविधा, दरबार अगाडी मस्जिद र अन्य सहुलियत एवं संरक्षण प्राप्त थियो। कसैले पनि कसैको धर्मको विरोध, निषेध र परिवर्तन गरेको इतिहास छैन। सबैले आ-आफ्नो चाड पर्व आफ्नै कुल पद्दति, मूल पर...