ग्रेटर नेपाल तुहाउन, इण्डो-पश्चिमाको नयाँ दाउपेच ।



नेपालमा सुघौली सन्धि अघिको साह वंशले आर्जेको भूमि फिर्ता गर्न पर्छ भनेर अभियानहरु सक्रिय भएका दशक बिति सकेको छ। नेपालको ईतिहासका संकलक, संरक्षक, नेपालको पहिचान बचाउने युगद्रष्टा राष्ट्रगुरु योगी नरहरिनाथले सुघौली सन्धिमा नेपालको गुमेको भूभाग पुनः प्राप्ति गर्न वि.सं. २०५४ साल आषाढ ३१ गते सर्वोच्च अदालतमा रिट दायर गराएका थिए। योगीजिको त्यो कदम नै नेपालको लागि विशाल नेपाल दावी गर्ने प्रेरणा बन्यो। सर्वोच्च अदालतमा दर्ता गरिएको सो रिट, गायव पारि सकियो तर पनि इण्डियाले नेपालमा गर्ने ज्यादतीको कारण त्यो विषय फेरी-फेरी उठान भैरह्यो। योगीजिको प्रेरणाले धेरै देशप्रेमी नेपालीमा भूमि फिर्ता हुन पर्छ भनेर आलेख लेख्ने आँट पनि आयो। सेनाका अवकास प्राप्त व्यक्तित्व, पत्रकार, लेखक देखि आम सर्वसाधारणमा विशाल नेपाल भन्ने शब्द गुन्जायमान हुँदै गयो। वि.सं. २०६६ श्रावन ३१मा फणिन्द्र नेपालसहितका देशप्रेमी नेपालीले इण्डियन दूतावास अघि विशाल नेपाल फिर्ता हुन पर्ने आवाज सहित धर्ना पनि दिए। हाल सम्म ग्रेटर नेपाल भन्ने अभियान फणिन्द्र नेपालको समुहले निरन्तरता दिँदै आएको छ भने हजारौँ देशप्रेमी नेपाली यसको समर्थनमा छन्। 

विश्लेषक भरत दाहालले नेपालको राजनीतिको दशकौँको संलग्नता, अध्ययन, अवलोकन र मुल्यांकनको निस्कर्ष सहित त्रिमूल नेपाल नामको नयाँ पार्टी खोलेका छन्। जसको प्रमुख एजेन्डा मध्ये एक हो सुघौली सन्धिको अन्त्य। सुघौली सन्धि नउल्टाए सम्म नेपालको अवस्था दयनीय नै रहने उनको निस्कर्ष रहेको छ। यसरी हेर्दा राष्ट्रगुरु योगी नरहरिनाथले दिएको झिल्को, पत्रिका, लेख हुँदै अभियान देखि देशको मूल राजनीतिको एजेन्डा बन्न थालेको छ। यसले योगिजिको सपना पुरा हुने संकेत पनि दिन्छ। 


तर इण्डियाले यो मुद्दामा विचलन ल्याउन अर्को च्याखे सुरु गरेको छ। र यसलाई पश्चिमाको पनि समर्थन हुन सक्ने केहि मननयोग्य चित्रण सहित आजको लेखको मूल अंश आरम्भ गरौँ। 


ग्रेटर कुमाउँनी 


कसैलाई सुन्दा हाँस्यास्पद लाग्ला, कसैलाई वाइयात पनि लाग्न सक्छ उनीहरुको लागि यो लेख होइन, आराम गर्दा हुन्छ। तर जसलाई  पुर्खाको वीरगाथा र गोर्खालीको गौरवशाली ईतिहास थाहा छ उसलाई यो कुराले आक्रोशित पनि तुल्याउन सक्छ। हालको उत्तराखण्डको कुमाउँमा रहेका चन्द परिवारले आफुलाई ग्रेटर कुमाउँको राजा बताउँदै अभियान चलाएका छन्। आफुलाई कुमाउँका राजा बताउने महेन्द्र चन्द, ग्रेटर कुमाउँमा हालको नेपाल, तिब्बत र इण्डियाको केहि भूभाग राखेर त्यो भूमिमा आफ्नो हकअधिकार कायम गर्ने कुरा उठाउँदै आएका छन्। उनले आफ्नो पृथक झण्डा एवं आफ्नो राज्यको नक्सा समेत जारि गरेका छन्। 



उत्तराखण्डको पिथौरागडमा आफ्नो राजकाज वा राजधानी बताउने चन्दले नेपाल कब्जा गर्ने कुरा उठाउँदै आएका छन्। नेपाल टुक्राउने उद्देश्य सहित खेल्दै आएका पश्चिमाले यस्ता स्वाँठहरुलाई प्रयोग गर्ने सम्भावना पनि देखिन्छ। नेपालमा मष्ट भनेर नयाँ धर्म बनाउने प्रपन्च बारे त सबैलाई थाहा नै छ। हामीले पनि यस बारे युट्युबमा राष्ट्रवादी बन्ने डा सुरेन्द्र केसी, मदन पुरस्कार भिराइएका चन्द्र बानियाँले गर्दै गरेको चलखेल उजागर गरेका थियौँ। आजको आलेखमा यो प्रसङ्ग कसरी जोडिन्छ भने, नेपालमा जुन ध्वजालाई मष्टको धार्मिक झण्डा भनेर धर्म फुटाउ अभियान चलेको छ,  त्यसैलाई नै इण्डियन नागरिक महेन्द्र चन्दले आफ्नो ब्यानर बनाएका छन्।


उनको यो अभियान इण्डियाको चाल पनि हुन सक्छ या पश्चिमाको पनि वा इन्डो पश्चिमाको संयुक्त पनि, किन भन्दा इनले चिनको तिब्बत, ताइवान र सिञ्जियाङ्गलाई छुट्टै देशको रूपमा मान्यता दिने अभिव्यक्ति पनि दिएका छन्। गोर्खालीले जितेको भूमि जुन सुघौली सन्धि पछि गुम्यो, त्यसलाई इनले नयाँ कुमाउँ राज्यको रूपमा प्रस्तुत गर्नु, नेपाल कब्जा गर्ने कुरा गर्नु, मष्टको नयाँ धार्मिक झण्डा भनेर नेपालमा चलेको धर्म फुटाउ प्रपन्चलाई आफ्नो ब्यानर बनाउनु, गोर्खालीको ऐतिहासिक कथनी एवं ईतिहास आफ्नो बनाएर हालको नेपालमा राज गर्ने अभिव्यक्ति दिनु, तिब्बतलाई आफ्नो भूमि दावी गर्दै चिनबाट अलग्याउने र आफुले कब्जा गर्ने, फ्री तिब्बतको मुद्दा उठाउनु नै उनको गतिविधिको सारंश हो। र यी सबै कुराले इण्डो-पश्चिमाहरुले अर्को च्याखे र प्यादाको रुपमा महेन्द्र चन्दलाई खटाएका हुन्, वा इनि उनिहरुसामु आफ्नो गतिविधिले प्यादा रोजिनको लागि आवेदन भर्दै छन् भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ। त्यस्ता फुटाउ र राज गरका मतियारहरुलाई, न ऐतिहासिक तथ्य न प्रमाण त्यसै बकबक नगर भन्ने संदेश यसै आलेखको माध्यमले दिन चाहन्छौँ। 



हाम्रो लागि अबको पथ

हरेक नेपालीले अब सुघौली सन्धि उल्टाउने, र आफ्नो गौरवशाली गोर्खाली ईतिहास बुझेर, गोर्खा साम्राज्यको लागि अभियान थाल्न जरुरी छ। हामीसंग सन् १८१६मा गरेको सुघौली सन्धि र सन् १९२३मा गरेको नेपाल ब्रिटिश सन्धि छन्, जसले हामीलाई कानुनि रूपमा बलियो राख्छ। संगै इण्डिया संग गरेको सन् १९५०को सन्धि पनि छ जसले सुघौली सन्धि खारेजी भएको उल्लेख गर्छ। विशाल गोर्खा साम्राज्यको चिन संगको र तिब्बत संगको सन्धिले पनि गोर्खा साम्राज्यको सिमा र ऐतिहासिक तथ्यको पुष्टि गर्छ। यी आधारलाई टेकेर नै हामीले विशाल गोर्खा साम्राज्यको आवाज, हौवा मात्र नभएर सत्य सावित हुन् भन्ने अडान लिन सकिन्छ। तर इण्डियाबाट पालित, पोषित र अन्तःक्षेपित वा अर्ध चेत भएका मनुवाहरूले हामीलाई मूल मुद्दामा एकजुट हुन नदिने खेला खेल्दै छन्। हाम्रो देशलाई कम्जोर बनाउने, फुटाउने मुद्दा चौतर्फी उठाइएको छ। 


सबै गोर्खालीले अब आफु कम्जोर नभई सुघौली सन्धि उल्टाउने र आफ्नो गुमेको भूभाग पाउन पर्ने माग सहित एकजुट हुन पर्ने बेला आइसकेको छ। कुन अभियान, कुन पार्टीले यस मुद्दा बोकेका छन्, ती सबै एकजुट भएर संगठित हुन जरुरी छ। र सबैले त्यस्ता अभियान, पार्टीमा संगठित भएर आफ्नो गौरवशाली ईतिहास पुनः जगाउन हातेमालो गर्न जरुरी छ। 


आगे आगे, गोरख जागे। 

गोरखकालीको जय 

जागुन् राष्ट्रिय गाथा।


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट

शिवगौरीदास (अनुप)




Comments

  1. यो कुमांउ को घरमा ऐना पनि छैन, कसरी ग्रेटर नेपालको कुरा गर्छ यसले?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।