धर्म परिवर्तनको टेण्डर

केहि महिना अघि सम्म कहिले ७ लाख कहिले ७० लाख दलितको धर्म परिवर्तनको टेण्डर परे जसरी बोल्नु हुन्थ्यो। नेपालको एक मूल धर्म हिन्दु छोडेर नेपालको अर्को मूल धर्म बौद्धमा जाने र अरुलाई पनि लैजाने उद्देश्य बोल्नु हुन्थ्यो मित्र जी पिएचडी।अहिले एकाएक मष्ट धर्मको टेन्डर पास भए जस्तो, त्यता लालायित हुनु भएछ ! उक्त धर्मको धार्मिक ग्रन्थ लेख्ने टेन्डर फेरी, आफुलाई खुंखार नास्तिक भन्ने मदन बोकाइएका बानियाँ र नेपालका सबै भन्दा ठुला पास्चर केबि रोकायाका भाइटल पदाधिकारी, युट्युब्मा मलाई राष्ट्रपति बनाइदेउ भन्ने पिएचडी सुरेन्द्रलाई परेछ ! नेपालको मूल धर्म संस्कृति संस्कारलाई एक अर्काको विपरीत पुष्टि गर्ने र सबै पृथक धर्म हुन् भन्ने पहिचान बनाउने योजना अन्तर्गत सबैले आफ्नो जरो खोज्ने कुरा छायो। अहिले सबैले आफ्नो कुल पुजालाई एक नयाँ धर्म, आफ्नो इष्ट देवको नाममा नयाँ धर्म बनाउने र नेपाली मूल धर्म एक ढिक्का हुनुको सट्टा छिन्न भिन्न गराउने अभियानहरु मौलिकता, पहिचानको खोजि, जरोको खोजि, आदि आवरणमा दिनहुँ चल्दै छन्। उता खुवालुङ् एता कालिगण्डकी डाइभर्सन, सबैको सांस्कृतिक, धार्मिक धरोहर माथि...