दलित शब्दको खोजि । भिडिओ सहित।

दलितको इतिहास खोज्ने हो भने नेपालमा जयस्तिथि मल्लको पाला बाट पेशाको आधारमा सुरु भएको पाइन्छ। विद्वत, ज्ञान, वुद्धिजीवी, विद्, आचार्य आदि क्षेत्रमा काम गर्ने ब्राह्मण। सुरक्षा, साशन, प्रशासन आदिको काम गर्ने क्षत्रिय। व्यापार,व्यवसाय, उद्यम, उद्योग जस्ता गतिविधि गर्ने वैश्य रहन्थे भने निर्माण, शिल्प, श्रम आदि क्षेत्रमा दख्खल राख्ने शुद्र रहन्थे। आधुनिक वर्गीकरणमा तुलना गर्ने हो भने स्कोलर, एड्मिनिस्ट्रेसन, ट्रेड-बिजिनेस र लेवर यी नै वर्गीकरण थिए। तर एक परिवारको सदस्यले आफ्नो कार्य क्षेत्र फेर्न नपाउने नियम घमण्डी, घामड कुवुद्धिजीवि र कुशासन चलाउनेले लगाए। बसी बसी जन्मेकै आधारमा देशको शासन, प्रशासन, नीति नियम निर्माण गर्ने सहुलियत आफ्नो पोल्टामा राख्न खोज्ने धृष्ट, मतिभ्रष्ट, स्वार्थीको कारण यो कुप्रथाले समाजमा जरो गाड्यो। यसलाई हटाउने प्रयास पृथ्वी नारायण शाहले गरेको बुझ्न सकिन्छ। उनको सेनामा हरेक जातका रहने गर्थे। शिल्पी समुदायले नै हात हतियार निर्माण गरिदिन्थे। बिसे नगर्ची जो जातले दमाई थिए, पृथ्वी नारायण शाहले उनि बाट परामर्श लिने गरेको कुरा पनि बुझ्न सकिन्छ। पा...