Posts

मोदी कलियुगमा साधुको भेषमा लुटेरा । तथ्य सहित।

Image
  आजको आलेखमा नेपालीहरुमा परेको अर्को भ्रम चिर्ने प्रयास गरिएको छ। प्राय सबै नेपाली जनताले इण्डियालाई राम्रै चिनेको, भोगेको र चेतेको अवस्था छ। तरपनि केहि केहि तेजाबे बुद्धिजीवीहरुले इण्डियासंग हाम्रो संस्कार मिल्छ, इण्डियामा रोजगारीको लागि लाखौँ नेपाली गएका छन्, त्यसैले इण्डिया नेपालको सम्बन्ध खराब गर्न हुँदैन भनेर आफ्नो प्रभावमा रहेका भेडालाई सुम्सुमाउने प्रयास गरेको देख्न सकिञ्छ। त्यस्ता पात्रलाई, "नेपालीहरु अहिले श्रम गर्न नगएको कुनै पनि देश बाँकी छैन होला, के अब ती देशले नेपालमा ठाडो हस्तक्षेप गर्ने, सिमा लुट्ने अनि हामीले तालि बजाउने ? तपाईंहरुले कति आइसी पाउनुहुञ्छ, एस्तो कुतर्क गरेर आमाको बक्षस्थलमा इण्डियन नङ्ग्राले लुछ्ने माहोल बनाए वापत? भनेर प्रश्न राख्न चाह्यौँ।  केहि केहि ठालुहरुले त पहिलेको इण्डिया र अहिलेको इण्डिया फरक छ, इण्डियाले नेपाललाई हेर्ने आफ्नो शैली फेरेको छ भनेर बकेको पनि पाइयो। अझ मोदी र उसको टिमले नेपालमा धर्म संस्कृति बचाउने छन् भनेर नेपाल भरि भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वयंसेवक संघको हाँगा बिगा खोलिएको छ। स्मरण रहोस्, नेपालबाट राजदरब...

मुक्तिनाथ केबलकार मुस्ताङ्गको खानि विदेशीको पोल्टामा वा चिन विरोधी नयाँ खम्पाको बेस ? भिडिओ सहित।

Image
अरबपति व्यापारी अरुण कुमार सुबेदीलाई केहि केहिले विज्ञ पनि भन्ने गर्छन्। इनको विज्ञताले एमसीसी देश हितमा छ भन्छ। एमसीसी सैन्य संग सबन्धित छैन भनेर इनि बोल्दै आएका छन्। अझ इनको वाक्य नै सापटी लिनु पर्दा, एमसीसीका विरोधी सबै देशद्रोही हुन् अरे।  अब इनलाई अमेरिकी सैन्य दस्तावेज बाट नै ट्युसन पढाउन पर्ने देखिन्छ।  अमेरिकाको सन् २००२को राष्ट्रिय सुरक्षा रणनीतिको अमेरिकी राष्ट्रपतिको मोहर लगाइएको दस्तावेजमा व्हाइट हाउसले जारि गरेको विज्ञप्तिमा समेत मिलेमियम च्यालेन्ज एकाउन्ट एमसीएको कुरा छ भने पेज २१ र २२ मा समेत उल्लेख छ। यो अमेरिकी सरकारको होइन यो छुट्टै हो भनेर दिमाग भुट्ने प्रयास गरेका नमुनाहरुले उत्तर दिन सक्छन त, किन सुरक्षा रणनीतिको दस्तावेजमा एमसीए उल्लेख भयो ? अर्का पात्र छन् सरोज मिश्र, जसको अनुसार एमसीसी चिन घेर्न होइन होइन, चिनले भन्दा बढी नेपालीले चाँसो राखे चिन बचाउन भन्दै आफ्नो अर्धज्ञान र अमेरिकी चस्मा वा विर्को लागेको प्रस्तुत गर्दै थिए। इनलाई पनि ट्युसन छ, खोजेर पढ्ने ल्याकत भए पढ्नु नत्र यहि आलेख हेर्नु। एमसीसी इन्डो प्यासिफिक अन्तर्गत छ भनेर अमेरिकी उच्च कर्मचारी...

नेपाल एकिकरणको लुकाइएको ईतिहास। भिडिओ सहित।

Image
नेपाल एकीकरणको परिचयात्मक इतिहास र नेपालबारे संक्षिप्त परिचय। नेपाल राष्ट्र आजभन्दा करिब २४ सय वर्ष अगाडि कैलाश देखि गंगा सम्म, कश्मिरदेखि बर्माको केहि भूभागसम्म फैलिएको कुरा किरातकालिन नेपाली नक्सा; जुन चीनको हान राज्यको नक्शामा हेर्दा छिमेकी देशको रुपमा देख्न सकिञ्छ। यस आधारमा पहिलो पटक नेपालको राज्य विस्तार किराँत राजा यलम्बरले गरेका थिए। प्राचिन हिमवतखण्ड पनि त्यहि देशको संस्कृत नाम हो। हिमाली राज्यको नामले परिचित बिशाल भुमि पछि विस्तारै किरातकाल मै स-साना राज्यमा विभाजित भयो। कालान्तरमा काठमाडौँलाई मात्र नेपाल भन्ने चलन बस्यो। फेरि लिच्छविकालमा अंशुवर्माको पालामा नेपाल एकीकरण भयो। तर फेरि बिस्तारै अनेकन राज्यमा खण्डित हुँदै बिभिन्न स्थानीय भाषाभाषीका अनुसारको नामले चल्न थाले। काठमाडौ उपत्यका नेपाल नामले नै खडा भयो, त्यहाँको संस्कृति, भाषा, लिपिले अझै पनि त्यो विरासत बोकेको छ, जसलाई नेपाल भाषा भनिञ्छ। आधुनिक नेपालमा राजा पृथ्वीनारायण साहले आफ्नो प्राचीन वैभव विरासतलाई पुनर्जागरण पुनः एकीकरण गरेर नेपालका धर्म संस्कृति परम्परा रितिरिवाज यथावत राखेर सबैलाई नेपाली हुनुको सार्थकता बोध ...

अमेरिकी प्रायोजित आतंकवाद।

Image
अमेरिका नाम गरेको देश यथार्थमा देशै होइन। संसारका ठूलाठूला व्यापारिक घराना(एलिट)हरुले संसारमा आफ्नो आधिपत्य जमाउन, हैकम चलाउन र दादागिरी देखाउनको लागि प्रयोग गरेको देशको नाममा एउटा मुखौटा हो भनेर अमेरिकी लेखक, सामाजिक चिन्तक, आलोचक जर्ज कार्लिनले धेरै ठाउँमाबोलेका छन्। यहि कुरा हामीले वैश्विक भूराजनीतिको बारेमा तयार पारेको एक वर्ष अघिको लेख र भिडिओमा बताइसकेका छौँ।   जुन देशमा अमेरिकाले मनपरी गर्न पाउँदैन,  त्यो देशमा अमेरिकाले नै आतंकी समुहहरु खटाएर, वित्तीय सहयोग लगानी गरेर  अस्थिरता मच्चाएर, राष्ट्रसङ्घको माध्यमले त्यो देशबाट वैश्विक आतंकवादको खतरा भयो भन्ने प्रतिवेदन तयार पारेर आफ्नो अभिष्ट पूरा गर्ने गरेको इतिहास साक्षी छ।  विभिन्न मुलुकहरुमा भएका जति पनि युद्धहरू छन् चाहे आन्तरिक वा अन्तरदेशीय; ती सबैमा अमेरिकी लगानि रहेको कुरा जगजाहेर भइसकेको छ। अफगानिस्तान छिर्नको लागि अमेरिकाले आफ्नै ट्वीन टावर आफैँले खसालेको थियो भनेर अमेरिकी बुद्धिजीवीहरुले नै अनुसन्धान गरेर शोधपत्र, लेखहरु एवं डकुमेन्ट्रीहरु समेत प्रकाशन गरिसकेका छन्। इराकमाथि आफ्नो मनपरीतन्त्र च...

नेपाल बनाउने हो भने, शिक्षाको यो अवधारणा चाहिञ्छ।

Image
  अघिल्लो लेखमा नेपालको शिक्षा नीति अमानव उत्पादनमा   केन्द्रित रहेको कुरालाई व्याख्या गरेका थियौँ। नेपालमा मात्र नभएर विश्वका प्राय सबै देशमा त्यहि शैलीको शिक्षा प्रणाली लागु गरिएको छ। जसको उद्देश्य “कार्यालयको कागजात सम्बन्धि र उद्योगको उत्पादन सम्बन्धि काम गर्न सक्ने तर आफु भन्दा माथिको निकायलाई प्रश्न सोध्न नसक्ने” दास मनोवृत्ति भएका मानव सिर्जना गर्नु हो। आज यसलाई कसरी चिर्न सकीञ्छ भन्ने समाधान सहित आएका छौँ। केहि दोषहरु। १ ) विद्यालयको हालत शिक्षा बाट नै विचार प्राप्त हुञ्छ, दृष्टिकोण निर्माण हुञ्छ र यसैले चेतनाको स्तर निर्धारण गर्छ। यी कुरा ख्याल नराखेमा शिक्षा हानिकारक सिद्ध हुन सक्छ। शिक्षाको बिषय वस्तु उचित वा अनुचित भनेर देशको नतिजाले दर्शाउँछ। अहिले देशको अवस्था नियाल्ने हो भने यो कुरा सत्य छ, हालको शिक्षा पतित अवस्थामा छ। जति पढ्यो उति तुच्छ मानव निर्मित हुँदै छ। उदारहण पढे लेखेको मानिस थुप्रिने ठाउँ काठमाडौँ देशको सबै भन्दा दुषित ठाउँ बनेको छ। पढे लेखेकोले प्रतिस्पर्धा गरेर नाम निकालेर जागिर खाने ठाउँ लोकसेवा, निजामति र प्रशासन सबै भन्दा भ्रष्ट ठाउँ बनेको छ। हाम्...