सबै नेपालीले बुझ्नै पर्ने। श्रावण पुर्णिमाको महिमा।



श्रावण पुर्णिमाको तिथिमा परेका महत्त्वपूर्ण रिति, पर्व, चाड र दिवसहरुलाई संक्षिप्तमा उल्लेख गरेका छौँ।

१) वेद जयन्ति- वेदको आरम्भ र अन्त्य अनादि छ। हरेक कल्पमा, हरेक लय, प्रलयमा यो ब्रह्ममा विलिन हुन्छ र हरेक सृष्टिमा यो फेरी प्रकट हुन्छ।  हालको कल्पमा, आजकै तिथिमा महर्षि याज्ञवल्क्यले आदित्य(सूर्य)बाट वेद प्राप्त गरेको भएकाले आज वेद जयन्ति मनाइञ्छ। वेद असिम ज्ञानको भण्डार हो। यसमा जति चेत खुलेको मानिसले डुबुल्की लिन्छ, त्यति नै चेतमा उत्रन बाँकि रहेछ, यो त विशाल समुद्र, मेरो ज्ञानको परिधि त थोपा मात्र रहेछ भन्ने कुरा बुझ्छ। समग्रमा वेद भनेको महाज्ञानी बनाउने पुस्तक हो। वेद भनेको बुद्ध (इन्लाइटेन्मेण्ट) बनाउने ज्ञानको संग्रह हो एवं भौतिक र अभौतिक(मेटा फिजिकल) विज्ञानको पराकाष्ठा हो। क्वान्टम वैज्ञानिकले वेद बारे बोलको कुरा खोज्नु होला।

याज्ञवल्क्य हालको नेपालको जनकपुर, मिथिला क्षेत्रका थिए। विदेह जनकको पालामा वेदबाट बुद्ध बन्ने ज्ञानको ठुलो मूलप्रवाह थियो। उपनिषद् वेदबाट बुद्ध बनाउने ज्ञानको संग्रह हुन्। व्यास कृष्ण द्वैपायनले नेपालको तनहुँमा श्रुतिमा सिमित वेदलाई अक्षरमा उतारेका थिए। यो नेपाल भूमिको आफ्नै ग्रन्थ हो, मुन्धुम जस्तै। 


२) जनै पुर्णिमा/ऋषितर्पणी- जनै ज्ञानको प्रतिक हो। वेदको पठन सुरु गरे पछि आध्यात्मिक पाटो खुल्दै जान्छ। व्यक्ति जति आध्यात्मिक हुन्छ उसले उति नै खानपिन, रहनसहन, बोलि वचनमा ध्यान पुराउँछ। 'म आध्यात्मिक ज्ञानको यात्रामा रहेको साधक हो', भन्ने संदेश पनि जनैले दिन्छ। नाडी विज्ञान अनुसार शरीरमा उर्जा प्रवाह हुने ७२,००० नाडी छन्। ती सबै नाडीको जोडिएको स्थान मेरुदण्डमा छन् जसलाई चक्र भनिन्छ। जनैले नाडीमा बहने उर्जामा पनि सहयोग गर्छ। जनै संग जप गरिने मन्त्रले पनि हाम्रो शरीरको उर्जा केन्द्रमा उर्जा प्रवाहमा मद्दत गर्छ। ट्युनिङ्ग सेट गर्छ। जनै ३ सरे, ६ सरे आदि हुन्छ, यसले आफुले अंगालेको आध्यात्मिक पथ, अपनाएको विधिहरु अनुसारको चित्रण गर्छ। 

आज पुरानो जनै फेरेर, नयाँ जनै लगाएर ऋषिहरुलाई यस चलनको आरम्भ गरेकोमा र यस ज्ञानको परम्परालाई निरन्तरता दिएका छौँ भनि  कृतज्ञताका साथ तर्पण दिने गरिन्छ। 


३) संस्कृत दिवस- संस्कृत भाषा संसारको सबै भन्दा धेरै शब्द भएको भाषा। कम्प्युटिङ्ग अल्गोरिदममा पनि उपयुक्त मानिएको भाषा। प्राय सबै भाषामा संस्कृतको कुनै न कुनै शब्द परेको वा अपभ्रंश भै लिएको, भाषा वैज्ञानिकहरुको मत छ। यस मानेमा जननी भाषा हो संस्कृत। प्राचिनताको कुरा गर्ने हो भने, हरेक कल्पमा बोलिने भाषा हो संस्कृत। स्पीच थेरापीको कोणबाट हेर्दा जिब्रोको प्रत्येक स्थानलाई उपयोग गर्ने पूर्णतायुक्त भाषा हो संस्कृत। मन्त्र गुञ्जनको आधारबाट सबै भन्दा धेरै किसिमको भाइब्रेसन दिने भाषा हो संस्कृत। यो भाषाको उत्पत्ति हाम्रै हिमाली क्षेत्रमा भएको हो। यो भाषालाई वैज्ञानिकीकरण गरेर व्याकरण सृजना गरेको भूमि हालको अर्गाखाँचीमा अवस्थित पाणिनी क्षेत्र हो। ऋषि पाणिनीले शिवको डमरुको धुनमा के छ होला ? भनेर डमरुको नादमाथि गरेको एक्स्पेरिमेण्टल रिसर्च (प्रयोगात्मक अनुसन्धान)को निस्कर्ष हो हालको संस्कृतको पाणिनीको सुत्रहरु। 

हाम्रा शब्दकोशमा शब्द थोरै छन् तर संस्कृतको महिमा शब्द अपार छन्। एस्तो उच्च कोटीको भाषालाई खैरेले बनाएको भनेर कुप्रचार गर्ने दिमाग भुटिएका जमात पनि छन्। संस्कृतमा लेखिएका ग्रन्थको अध्ययन गरौँ त्यसमा उल्लेखित ज्ञानमा एक डुबुल्की मार्यो भने, भेद छुट्छ, मोक्षको मार्ग खुल्छ, युद्ध, द्वन्द गायव हुन्छ तर सबै भन्दा धेरै युद्ध गर्ने अंग्रेजले एस्तो ग्रन्थ बनाएको भए अरुको धर्म, अस्तित्व मेटाउदै पक्कै हिड्ने थिएनन्, तार्किक चिन्तनको अवलम्वन गरेर मनन गरौँ। 

संस्कृत भाषाका शब्द भावना र गुञ्जनमा आधारित छन्। सुर्यबाट निस्किने तरङ्गलाई श्रव्य ध्वनिमा ढाल्दा के सुनियो थाहा छ ? खोज्नु होला। 


४) रक्षा वन्धन, डोरा, ताइ, तावा बाँध्ने दिन- यो नेपालको धार्मिक सामाजिक मुल्य मान्यता र नाडी विज्ञान आध्यात्मिक चिन्तनको निरन्तरता हो। लामा वा पण्डित सबैले बाँध्ने र अरुलाई पनि लगाइदिने धागोमा अभिमंत्रित मन्त्रको शक्तिले रक्षा गर्ने छ भन्ने विश्वासको साथ् यो प्रचलन चलि आएको छ। प्राचिन कालमा यसमा मन्त्रणा, उर्जा मिलेको ब्रह्मज्ञानीहरुले गर्थे त्यसले काम पनि गर्थ्योहाल काम नगर्ला तर पनि भौतिकवादी चिन्तन राख्नेले अध्यात्म बुझेको दिन यसको महत्त्व बुझ्ने छन्। 

ज्वाईं, चेला, भेनालाई घरमा बोलाउने र डोरा बाँध्ने चलनले हाम्रो नेपाली संस्कृतिको आफन्तीको प्रेम, देखभेटको चाड स्वरूप यसलाई मनाउने गरिन्छ। र चाडको मौसम सुरु भएको सूचक हो आजको दिन।


५) क्वाँटी/क्वाँति(बिरौला) खाने दिन-  खानपिन, कला,कौशल, चाड जात्राका धनि नेवार समुदायमा आजको दिन क्वाँटी पुन्ही मनाउने प्रचलन छ। तर यो खाध्य विज्ञान र आध्यात्म संग पनि जुडेको छ। चार दिन अघि भिजाएको चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ गरि ९ थरिको गेडागुडीलाई क्वाँटी भनिन्छ। आज किसान र प्रकृति पुजनको चाड पनि हो, नेवार समुदायमा आज खेतको भ्यागुतालाई खाना खुवाइन्छ। पानि पार्न भ्यागुताले पर्यावरणको चक्र सन्तुलन गर्छ त्यसैले यसको संरक्षण र सम्मानको प्रतिक हो आजको दिन, गुंपुन्ही । मौसम फेरिएर बर्षा सकिने क्रम सुरु भएको र तातो तातो पोषण युक्त झोल(क्वाँटी)को सहयोगले कुनै रोग नलागोस् भनेर यसको ग्रहण गरिन्छ। नवाग्रहका उर्जा सन्तुलन गर्ने गौण ज्ञानपनि यसमा निहित छ। 


सबै नेपालीहरुमा आजको महान दिनको शुभकामना।

आध्यात्मको ज्ञान चक्षु खुलोस्। सद्भाव, सहिष्णुता, सर्वैकत्त्व सबैमा प्रादुर्भाव होउस्। सबैको रक्षा होउस् र सबैमा देशप्रेम जागोस्। 

नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा। 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

  1. हजुर उग्ररुपको लामो समय देखिको परिचय पश्चात आज यो लेख द्वारा हजुरको प्रशान्त पक्षको झलक मिल्यो। जय नेपाल आमाको।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।