नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

 


फोक्सो कम्जोर भयो वा कम्जोर बनाइयो ? 

मानिस, मानव, मनुवा, मान्छे, धनि, गरिव, ठालु, गँवार, अनपढ, शिक्षित, चोर, लुटेरा, ठग, खैरे, काले, सेतो, पहेलो, न्याप्टे, चुच्चे, थ्याप्चे अनेकन वर्ग, समुह, समुदाय जे जो भए पनि साँस निरन्तर २४ घण्टा फेर्छ। साँस नाक, मुख, छाला, नाइटो सबैले फेर्छ  

सबै भन्दा धेरै चाहिने साँस भनेको नाक, मुख बाट फोक्सो भर्ने वाला हो। प्राकृतिक रूपमा अक्सिजन युक्त वायु फोक्सोले लिन खोज्छ, जुन शरीर भरिका कोशीकाले रगतको माध्यमबाट प्राप्त गर्छन्। यो ५ कक्षाको स्वास्थ्य, विज्ञानमा पढाइने गर्थ्यो। अहिले के कसो छ थाहा भएन। 

अब विषय तर्फ जाउँ। हामीलाई कोरोनाको डर देखाएर हाम्रो फोक्सो सुकाउँदै लागिएको छ। कसरी? ल सुनौं, पढौं अनि अरुलाई पनि सुनाऔं।

जन्मिए बाट मानिसले मुख, नाकमा कुनै पनि टालो, बुझो नलगाई साँस लिने र फाल्ने गर्छ। यसरी फेरिने साँसले मात्र त्यो मान्छेको मेटाबोलिजम(चयापचय) अनुसार चाहिने साँस फोक्सोले प्राप्त गर्छ। तर मुखमा मास्क लगाएर हामीले जुन साँस शरीरले नचाहिने भनेर फाल्यो, त्यहि नै मास्कमा थुनेर फेरी भित्र लिग्दै छौं। यो सबैभन्दा खतरा हो भन्दा तपाईंको मानसिक गुलामीको शिक्रि टुट्ने अवस्था आउन सक्छ र त्यो शिक्रि बचाउन तपाईं नाना थरि तर्क पनि गर्नु होला। तर सत्य बुझौँ हस्। 

विभिन्न देशमा अक्सिजनको मात्रा मापन गर्ने उपकरण सहित यसको खोजि गर्दा मास्क लगाई राख्दा प्रत्येक साँसमा हामीले चाहिने भन्दा कम अक्सिजन पाउने अवस्था बन्ने रहेछ। साधारणतया प्राकृतिक वायुमा २१ % को हाराहारीमा अक्सिजन हुन्छ। तर मास्क लगाए पछि हामीले लिने साँसको मापन गर्दा अक्सिजनको मात्रा १६/१७ % मा झरेको पाइयो। अर्थात हामीले आफुलाई अक्सिजनको मात्रा खसेको ,एक हिसावले हेर्दा हाम्रो प्राण उर्जा धान्नको लागि जति अक्सिजन चाहिन्छ त्यो मात्रामा भारि गिरावट गर्दै छौं। माथि देखाइएको प्रतिशत हेर्दा जम्मा ४ % त कम रहेछ भन्ने देखियो होला। तर अक्सिजनको मात्राको हिसावले हेर्दा यो झन्डै २०% चाहिने अक्सिजन बाट कटौती हो। 

यो त भयो अक्सिजनको मात्राको कुरा, अब कार्बन-डाइ-अक्साइड बारे बुझौँ। साधारणतया प्राकृतिक वायुमा कार्बन-डाइ-अक्साइडको मात्रा ०.०३५% हुन्छ। यसलाई ३५३ दसलाखांश (पिपिएम)मा पनि भन्ने गरिन्छ। तर मास्क लगाएर फेरिने साँसमा यसको मात्रा ३०००० दसलाखांश पुगेको पाइयो। यस अवस्थामा श्वासप्रश्वासमा अफ्ट्यारो पार्ने, मुटुको ढुकढुकी बढ्ने,रक्तचाप(प्रेसर) बढ्ने हुन्छ। कोरोनाको लक्षण संग मेल खान गएमा संयोग होइन। नियोजित प्रपन्च हो भनेर बुझ्ने चेत सबैमा खुलोस्। अब कोहि ठालुको तर्क आउला खै त मास्क लगाएर मरिएको छैन। तिनीहरुलाई हाम्रो पनि उत्तर: खै त मास्क न लगाई पनि बाचिएकै छ। यो भयो उल्लु संग उल्लु तर्क। अब विज्ञान तिर बाट सोचौं। 

शरीरले बाहिर फाल्ने साँसमा अक्सिजनको मात्रा १६ प्रतिशत हुन्छ। अर्थात भित्र लिने साँसमा थप ५ प्रतिशत अक्सिजन चाहिने हुन्छ तर मास्क बाट १ प्रतिशत मात्र छिर्न सक्ने रहेछ। यो साधारण मास्क(निलो रंगको सर्जरी मास्क) को अवस्थामा हो। तर अर्को हुन्छ N95 त्यो मास्क्ले त अर्को १ प्रतिशत थपिन पनि दिन्न। यो अझै घातक छ अक्सिजनको पूर्तिको मामलामा। तर बाहिर हिंड्दा धुलो एवं अन्य शुक्ष्म जीवाणु शरीरमा आउन नदिनमा यसको प्रयोग राम्रो छ। लगभग ९९ प्रतिशत मास्क लगाउनेलाई हेर्ने हो भने साधारण मास्क नै प्रयोग गरेको पाइन्छ। जसको उद्देश्य भाइरस रोक्ने हुँदै होइन र यसले भाइरस रोक्न सक्दा पनि सक्दैन। तर बजार, गल्लिमा पुलिसले चिट काट्ने नियम सहित मास्क मास्क भन्दै जप्नुको कारण मुख टाल्नु भन्नको लागि मात्र हो, भाइरस रोक्न होइन। हरेक कपडाहरु रेसाले बनेको हुन्छ। साधारण मास्क पनि त्यस्तै हो। ती रेसाको विचमा शुक्ष्म ज्ञाप(खाली ठाउँ) हुन्छ। त्यो खालि ठाउँको अन्तर र भाइरसको साइज कति हुन्छ ? अहिले मुख टाल्न उर्दी जारि भएको साधारण मास्क लगाएर कोरोना रोक्छु वा रोकिन्छ भन्नु र खोलामा ढुंगा बाँध्ने जालो(रिटेनिङ्ग वाल)को जालीले मछेड रोक्छु भन्नेको मानसिक अवस्था एकै हो।

अहिले श्वास प्रश्वासको समस्या अक्सिजनको कमिको काण्ड बहुत चलेको छ। सोध्नु होला, खोज्नु होला: जो जसले धेरै समय मास्क लगाएका छन्/थिए, उनीहरुलाई नै यो अवस्था आएको छ। किनकि फोक्सोले जवाफ दिन थाल्यो। प्राकृतिक रुपमा पाउन पर्ने अक्सिजनको मात्राबाट बन्चित भएको फोक्सोले आफ्नो अधिकार माग्दै छ। 

मास्क बाहिर हिड्दा मात्र लगाउनु पुलिसको लौरो बाट बच्नको लागि मात्र। यसले भाइरस छेक्न सक्दैन। 

कोहि विज्ञ छौ भने आउ तिम्रो न्वारन देखिको डिग्री लिएर, कि यो साधारण मास्क जुन तिमीहरुले उर्दी जारी गराएका छौ, यसले भाइरस वा अन्य धुलो जन्य चिज(पार्टिकुलेट) रोक्छ भनेर। र क्यान्सर, अक्सिजन, कार्बनडाइअक्साइड, अल्कालाइन(क्षारिय), एसिडिक(अम्लीय) शरीर बारे पनि केहि पढ्नु होला। मगजले, यन्त्रले नभेटे सम्पर्क गर्नु होला। 

अब अक्सिजनको कमि भन्ने समस्या अझै धेरैमा आउने छ। यसैलाई नयाँ लहर भनिन पनि सक्छ। फोक्सो कम्जोर बनाइएको छ। साधारण रुगा खोकीले पनि अब फोक्सोलाई धेरै भार दिन सक्छ। त्यसैले फोक्सो बलियो बनाउने काम गरौँ। प्राणायाम, कसरत, व्यायाम गरेर लामो लामो साँस फेर्ने गरौँ। 

यस बारे अझै अरु कुराहरु लिएर आगामी दिनमा आउने छौं।


नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा। 


सम्बन्धित लेखहरु पढ्न यँहा क्लिक गर्नुहोला 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

  1. https://gvnepa.blogspot.com/2021/05/why-our-earth-is-beautiful.html

    ReplyDelete
  2. तपाईं गलत मेसेज सम्प्रेषण गर्दै हुनुहुन्छ । मलाइ यत्ति बताइ दिनुस् कि मास्कले स्वाश भित्र तान्दा फिल्टर गरेर अक्सिजन को मात्रा ४% घटाइदिने अनि स्वाश बाहिर फाल्दा रोजि रोजि कार्बन डाई अक्साइड लाइ मात्र रोकिदिने कसरी ?

    ReplyDelete
    Replies
    1. मान्छेले oxygen भित्र तान्ने अनि carbon di oxide फाल्ने भन्ने थाह छैन र तपाइँलाई ?
      अनि भित्र तान्दा oxygen रोक्ने बाहिर फ्याक्दा carbon di oxide रोक्ने भएन त ?

      Delete
    2. मास्क लागाएको अवस्था र नलगाएको अवस्थामा अक्सिजन लेबल चेक गरे भई हाल्यो नि ।

      Delete
  3. सहि कुरा को उठाउन भएको हो गलत होइन।
    माक्स को प्रयोग ले अवस्य स्वास्थ लाई हानी गर्छ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।