बेलायती सदनमा नेपालबारे बहस। के लाग्ला त स्वास्थ्य संकटकाल ?


लेखमा निलो अक्षरहरु स्रोत हुन्। क्लिक गरेर जाँच गर्न सक्नु हुनेछ। 

बिहिबार २०७८ जेष्ठ ६ गते बिहान १० बजे, आस-पासको समयमा सिंहदरबार स्थित कार्यकक्षमा नेपालका लागि बेलायती राजदूत निकोला पोलितले केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्छिन्। केपी ओलीले संसारको करीव ३० देशमा पूर्ण रुपमा प्रतिवन्धित भएको, सबै भन्दा बद्नाम खोप एस्ट्राजेङ्काको खोप माग्छन्। त्यसको केहि घण्टा पछि बेलायतको संसदमा नेपाललाई मुख्य विषय बनाएर सो मुद्दामा ११ मिनेट बहस चलेको रहेछ। बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा विहिबार नेपाललाई उपलब्ध गराइने खोपबारे ब्रिफ़िङ्ग पनि भयो।



बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले बेलायतले कोभ्याक्समार्फत २० लाख डोज एस्ट्राजेङ्का (कोभिसिल्ड) उपलब्ध गराउन लागेको बताएका छन्। र त्यसको भोलि पल्ट संसद विघटन भएर देश संकटकालको दिशामा जाने प्रवल सम्भावना छ। 

एस्ट्राजेङ्का भ्याक्सिन मात्र होइन हाल कोभिड-१९को नाममा जति पनि भ्याक्सिन बने र प्रयोग भए सबैको विश्वव्यापी वौद्धिक, विज्ञ र सचेत समुहले विरोध गर्दै आएको छ। तर यी सबै कुरालाई मिडियाले लुकाउँदै आएको छ। तै पनि नेपालमा भ्याक्सिनको नाममा लुटिने डिजाइनको विरोध गर्दै केहि सचेत समुहले धेरै अघि बाट कुरा उठाउँदै आएको र उनीहरुको विचार एवं तथ्य सहितको लेख, रचना फैलिँदो छ। बिहिबार नै नोबेल विजेता फ्रान्सका भाइरोलोजिस्ट(भाइरस सम्बन्धि विज्ञ) लुक मोण्टेग्नियरले भ्याक्सिन नै नयाँ भेरियेण्टको कारण भएको खुलासा गरेका थिए। उनले अहिलेको भ्याक्सिन लगाउने कार्यक्रम चिकित्सा क्षेत्रको सबै भन्दा ठुलो गल्ति रहेको र जुन जुन देशमा भ्याक्सिन लगाइएको छ त्यो देशमा कोरोनाको कारण मृत्युको आँकडा पनि बढेको तथ्याङ्क सहित पुष्टि गरेका थिए।

यो खवर इंडियाको टिभी९ च्यानलमा पनि प्रसारण भएको र नेपालमा पनि सो भिडिओ निकै भाइरल भएको थियो। हाल सम्म अमेरिकामा मात्र सबै भन्दा ज्यान गएको र नकारात्मक असर देखाएको भ्याक्सिन कोरोनाको रहेको सिद्ध भएको छ। अमेरिकाको सरकारी भ्याक्सिन बारे नकारात्मक असरको तथ्यांक राख्ने प्रणाली(VAERS data)  बाट बुझ्दा सन् २०१९मा मृत्यु हुनेको संख्या २०३ थियो। सन् २०१८ मा ११९ थियो।  त्यस्तै २०१७ मा ८५ जनाको भ्याक्सिनको कारण मृत्यु भएको रहेछ। तर ज्यान बचाउन, अझ नेपाली ठालु भ्याक्सिन प्रचारकका अनुसार त अमर नै बनाउने कोरोना भ्याक्सिनको कारण अमेरिकामा दैनिक ३० जनाको मृत्यु हुँदै छ। डिसेम्बर २०२० देखि २०२१ को अप्रिल २३ सम्म 3,७२२ को मृत्यु भ्याक्सिनको कारण भएको भाएर्स डाटावेस(तथ्यांक संकलन)मा दर्ता भएको छ। सरकार एवंतयस्तै अर्को ७ दिनको पनि तथ्याङ्क आइ सकेको र सो समयमा अरु ११५ जनाको मृत्यु भ्याक्सिनको कारण भएको छ। एवं भ्याक्सिनको कारण स्वास्थ्य समस्या देखि मृत्यु अर्थात भ्याक्सिन पिडितको संख्या ५ महिनामा १,८८,४३७ जना पुगेका छन्। (VAERS data) अमेरिकामा मात्र होइन अन्यत्र पनि भ्याक्सिनको कारण स्वास्थ्यमा गम्भीर समस्या देखि मृत्यु बढ्दो भएकाले विश्वव्यापी उच्च विज्ञ, वैज्ञानिक समुहले पनि भ्याक्सिनमा तत्काल रोक लगाउन माग गरेका छन्। (रिपोर्ट)

नेपालमा बेलायती भेटघाट पछि बेलायती सदनमा नेपाल मुद्दा बारे बहस चल्नु र एकाएक नेपालमा संसद विघटन हुनु र संकटकालको लागि बाटो खुल्नु कतै सबैलाई जवर्जस्ती सबै भन्दा बद्नाम खोप घोच्ने योजना त होइन भनेर भ्याक्सिन विरुद्ध लड्दै आएका अभियन्ताहरुले सतर्क रहन आव्हान गरेका छन्। चुनावमा भोट हाल्ने सबैले भ्याक्सिन अनिवार्य लगाउन पर्ने नियम आउन सक्छ। उत्पादक कम्पनीहरुले नै यी भ्याक्सिन २०२३ सम्म एक्स्पेरिमेंटकै चरणमा रहने अनि मात्र निष्कर्ष निस्किने कुरा बताउँदै आएका छन् ! 

नेपाली सेना, प्रहरी, सशस्त्र  र स्वास्थ्य क्षेत्रमा कार्यरत सबैले लगायत हरेक पढेलेखेका नेपाली नागरिकले पनि भ्याक्सिन बारे सत्य तथ्य खोजेर, बुझेर नेपालीलाई ल्याबको मुसा सरह बन्न नदिन, सबै नेपालीको रक्षाको लागि खोज्ने, पढ्ने र अनुसन्धान थाल्न जरुरी छ। 


नेपाल आमाको जय 


जागुन् राष्ट्रिय गाथा


सम्बन्धित लेखहरु पढ्न यँहा क्लिक गर्नुहोला 

 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)



Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।