कृषि विश्व बिद्यालय मास्ने षडयन्त्रको नाली बेली । ।

 


२०२८ सालमा स्थापना भएको चितवनको रामपूर स्थित नेपालको एक मात्र कृषि तथा बनविज्ञान अध्ययन संस्थानले  अन्नवाली उत्पादन, पशुपालन, फलफुल उत्पादन,विभिन्न पंक्षीहरु पालन तथा मत्स्य पालनको लागि  कृषि वैज्ञानिक,  भेटनरी(पशुपंक्षीको उपचार गर्ने) डाक्टर तथा विभिन्न विशेषज्ञ प्राविधिकहरु उत्पादन गरी आधुनिक कृषि उत्पादनको आधारस्तम्भको रुपमा काम गरी कृषि प्रणालीमा ठुलो भूमिका निभाउँदै आएको थियो। यो प्राविधिक शिक्षालय अर्थात कृषि क्याम्पस २०६८ भन्दा अगाडी त्रिभुवन विश्व विद्यालयको आंगिक रुपमा रहेको थियो र २०६८ सालबाट यस संस्थानलाई छुट्टै एउटा प्राज्ञिक कृषि विश्व विद्यालयको रुपमा परिणत गराईएको थियो। तर उक्त स्थानमा रहेको जम्मा ५०० विगाहा जग्गा त्रिभुवन विश्व विद्यालयकै नाममा रहेको छ र हालसम्म कृषि विश्व विद्यालयको नाममा जग्गाको स्वामित्व हस्तान्तरण समेत भएको छैन। 

यसै जग्गा मध्ये १७२ विगाहा जग्गामा पशु विज्ञान तथा मत्स्य विकास संकायको अध्यापन अनुसन्धान तथा प्राक्टीकल(प्रयोगात्मक अभ्यास) भईरहेको थियो। यस्तो संकायको लागि आफैमा जग्गा अप्रयाप्त छ। यसको लागि मात्र १००० विगाहा भन्दा बढी जग्गा आवश्यक पर्छ। उदाहरणको रुपमा इंडियामा कषि विश्व विद्यालयको लागि ७० हजार विगाहा जमिन छ। संसारकै अन्य मुलुकहरुको डाटा(तथ्यांक) गुगलमा समेत हेर्न सकिन्छ। 

हालसम्म त्रिभुवन विश्वविद्यालयकै नाममा रहेको जग्गा कृषि विश्व विद्यालयको उपकुलपति ईश्वरी प्रसाद ढकालले रंगशाला निर्माणको लागि दिने प्रस्ताव मन्त्रिपरिषदमा पठाउनै मिल्दैन र मन्त्रि परिषदले पनि विश्व विद्यालयको सिनेटबाट पारित गरी सिफारीस नगरेको अवस्थामा रंगशाला निर्माणको लागि स्वीकृती दिनु आफैमा  गैरकानुनी हो । त्रिविवि र कृविविको बिबाद छिनोफानो हुनै बाँकी छ; अर्थात यसको फैसला अदालतबाट आउनै बाँकी छ। कृषि अनुसन्धान,अध्ययन र प्राक्टीकलको लागि मौजुदा जमिन नै अप्रयाप्त भएको अवस्थामा क्रिकेट रंगशाला बनाउन दिनु साथै सोही स्थानमा करीब २० रोपनी जग्गामा यो भन्दा पहिला नै क्रिकेट रंगशाला छ। र त्यो प्रयोगविहिन समेत भएको अवस्थामा करीब ८०० मिटरको दरीमा पुनः अर्को रंगशाला बनाउन नै शंकाको बिषय छ। अन्तराष्ट्रिय रंगशाला बनाउनको लागि विश्व विद्यालयको सिनेटबाट पास नभएपछि कुलपति तथा सम्माननीय प्रधानमन्त्रि केपि शर्मा ओलिले समेत नमान्दा नमान्दैको अवस्थामा अन्तराष्ट्रिय रणनितिक योजना अनुसार स्वदेशी तथा विदेशी शक्तिको दवावमा साथै धुर्मुस सुन्तलीलाई प्रयोग गरी कृषि विश्व विद्यालयको जग्गामा रंगशाला बनाउने गरी मन्त्रि परिषदबाट निर्णय गराउन बाध्य पारिएको भन्ने बुझिन आएको छ। यसरी रंगशाला निर्माण शरु भएपछि विश्व विद्यालय अन्यौलमा परि गत बर्ष भेटनरी डाक्टर भर्ना समेत गर्न नसकेको देखिन्छ। र अब त्यँहा पशुपालनको लागि घाँस, बिउ बिजन तथा कृत्रिम गर्भाधानको लागि बिज उत्पादन र मत्स्य पालन आदीको प्राक्टीकल तथा उत्पादन बन्द हुने अवस्थामा छ। यसैगरी उक्त स्थानमा रंगशालाले पुर्णता पाउनको लागि अन्यपुर्वाधार खडा गर्न थप जमिनहरु समेत अतिकमणमा पर्ने निश्चित छ। यो सबै कुराहरुलाई मध्येनजर गर्दा कि त कृषि विश्व विद्यालय अन्यत्र सार्नु पर्ने देखिन्छ यसको लागि राज्यले २० औं खर्ब रकम थप दायित्व व्यहोर्नु पर्ने हुन्छ । होईन भने रंगशाला देशकै अन्य भाग सरकारी जमिन तथा नागरिकबाट दान हुने जमिन जस्तै रुपन्देही,नेपालगञ्ज तथा किकेट रंगशाला बनाउन भनि हाल अलपत्र परेको काठमाण्डौको मुलपानीमा किकेट रंगशाला बनाएर कृषि जोगाउन तिर लागेनौ भने हामी नेपाली खाद्यान्नमा पनि पूर्ण रुपमा इंडियासंग निर्भर हुनु पर्ने निश्चित छ। 

विदेशी षडयन्त्रमै २०४६ भन्दा अगाडीका सम्पुर्ण उद्योगधन्दा तथा कलकारखाना यसैगरी सिध्याईयो। यो पनि परनिर्भता बनाउने षडयन्त्रको संस्करण थियो भने कृषि विश्व विद्यालय मास्ने पनि यसै संस्करणको निरन्तरता हो। यो सफल भयो भने नेपालका अन्य सबै विश्व विद्यालयहरु नि षडयन्द्वारा नै सिकार गरी नेपालीलाई सबै प्रकारका उच्च शिक्षा अध्ययनको लागि विदेशी जान वाध्य पार्ने र गरिबको पहुँचबाट उच्च शिक्षा निकै टाढा हुने निश्चित छ। त्यसैले जनताको गास वास र कपासको व्यवस्थामा प्रत्यक्ष जोडिएको कृषि क्षेत्रलाई तहस नहस पार्नु आफैमा राष्ट्रघाती कदम हो । यस प्रकारको षडयन्त्र विरुद्ध आम किसान दाजुभाई तथा दिदि बहिनीहरु देशव्यापी बिरोधमा उत्रन ढीला नगरौं साथै आफ्नै देशलाई मार्ने काममा धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग समेत नगरौं । 


जय राष्ट्र जय नेपाली जनता।


तारा बरालको प्रतिवेदन बाट साभार।।


Comments

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।