भ्याक्सिन बारे जान्नै पर्ने खबर।। जनहितमा जारी । भिडिओ सहित।
कल्पना गरौँ एउटा एस्तो संसार जँहा हरेक मान्छे धनि छ। गरिबी भन्ने तत्त्व नै छैन। जता हेर्यो त्यतै चिल्लो सडक, महंगा गाडी, अग्ला भवन। जता हेर्यो उतै सम्वृद्धि। सुन्दा कस्तो लाग्यो ? अवस्य पनि रमाइलो र खुसि लाग्यो होला। तर त्यो संसार गरिबी होइन, गरीब जनसंख्या सफाया गरेर तयार पारिने छ। । अर्थात सबै गरीब मारेर सम्बृद्ध विश्व बनाइने वाला छ। ।। अब सुन्दा कस्तो लाग्यो ??
येही योजना अन्तर्गत हाल कोरोना को डरको आतंक प्रयोग गरिएको छ। आज भ्याक्सिन आतंक र आगामी वैश्विक संरचना के कस्तो बनाउने योजना छ ? आधुनिक दास प्रथा के कसरी लागु हुने छ यस बारेमा प्रष्टता पाउनु हुनेछ।।
कोरोना बारे विरोधाभास किसिमको मन्तब्य विश्व स्वास्थ संगठनले दिइरहेको त ख्याल गर्दै हुनु हुन्छ होला। अस्ति सम्म पिसिआर सबैले गर्नै पर्ने अनि मात्र को स्वास्थ्व थाहा हुने भन्दै थिए अहिले आएर स्वास्थ मान्छे लक्षण नदेखिएकाले पिसिआर गर्न पर्दैन। युरोपमा लक्डाउन न गरे पनि हुन्छ, युरोपमा भ्याक्सिन न लगाए पनि हुन्छ भन्दै छ।। अनि तेस्रो विश्व(अविकसित र पिछडिएको) मुलुकहरुमा भ्याक्सिन न आउँदा सम्म लक्डाउन नै एकमात्र उपाए भन्ने निर्देशन दिइरहेको छ। संक्रमण पुष्टि गरिएका मानिसहरु सन्चो भए पछि यो साधारण भाइरल फेभर, भाइरल फ्लु भनिन्थ्यो पहिले, अहिले नाम मात्र पत्ता लागेको रहेछ , एस्तो किसिमको रोग मलाई हरेक साल मौसम फेरिंदा हुन्थ्यो भन्दै छन्। आइ एल आइ (इन्फ्लुएन्जा लाइक इल्नेस) अर्थात स्वास प्रस्वास सम्बन्धि इन्फ्लुएन्जा बाहेक अन्य रोग। पहिले पहिले पनि कोरोना कै कारणले लाग्ने भाइरल ज्वरो र रुगाहरुलाई आइ एल आइ वर्गमा वर्गीकृत गरिन्थ्यो। राक्षसी योजनाको एजेन्डा २१ को मार्गचित्र तय गर्न यसपाली तेइ हरेक बर्ष देखिने रोगलाई नयाँ महाब्याधि प्यान्डेमिक भनेर हल्ला फिजाइएको हो।
एजेन्डा २१
एलिटहरुले सारा विश्वका मानिसहरु माथि आधुनिक दास प्रथा लादने योजना १९८०को दशकमा तय गरेका थिए । र १९९२मा संयुक्त राष्ट्र संगको माध्यमले दिगो बिकासको नाराको पर्दा ओडाएर २०० देशको सहमति सहित सो योजना ब्राजिलको रिओ दे जेनेरिओ सहरमा पारित गरिएको थियो। बाहिर भन्दा दिगो बिकास र जनसंख्या नियंत्रण भने पनि सन् २०२१ देखि २०३० भित्र मा धर्तिको मानव जनसंख्या ५५ करोडमा झार्ने योजना नै अजेण्डा २१ हो। जनसंख्याको र प्रकृतिको नियम अनुसार मानिसको जनसंख्या एती कम हुन सम्भव छैन यो लक्ष कसरि हासिल गर्लान सहजै अनुमान लगाउन सकिन्छ। कृतिम रोग, युद्ध वा ठुलो प्राकृतिक प्रकोप, भोकमरी गराएर राहतको नाममा रोगले भरिएको खाना हरु बाहेक अन्य उपाए छैन। त्यसैले हरेक क्षेत्र बाट यसको लागि काम हुँदै छ। अन्य क्षेत्रहरु आगामी दिनमा बताउने छौं। आज भ्याक्सिन तिरै लागौं।।
अलिकति सोचौं ९९% संक्रमित निको भएर फर्किने रोगको लागि भ्याक्सिन अनिवार्य किन ?? अर्को एउटा गोप्य खुलासा : अमेरिकामा मर्ने जति प्रायले फ्लु शट भ्याक्सिन लगाएका थिए। अर्थात जसले स्वास प्रस्वास सम्बन्धि रोग(इन्फ्लुएन्जा) नलागोस भनेर भ्याक्सिन लगाएको थिए उनीहरु नै यो रुगा सरहको कोरोनाबाट मोरिरहेका छन्। यसबाट ती राक्षसी एलिटहरुको नियतको आंकलन गर्न सकिन्छ। कोरोना भ्याक्सिन भनेर जे लगाइन्छ, त्यसपछि आउने महामाहारिले त्यो भ्याक्सिन लगाउने सबैलाई मार्ने छ। अर्थात अब आउने भ्याक्सिनको माध्यमले target selection (कसलाई मार्ने) भन्ने तय हुदै छ। विश्व स्वास्थ्य संगठनले युरोपले भ्याक्सिन नलगाए पनि हुन्छ भन्नु ले, निशानामा को को छ ? भन्ने कुराको इसारा दिंदै छ। रसियाले अढाई करोड भ्याक्सिन नेपाललाई दिने कुरा बाहिर आएको छ। यो भ्याक्सिन तेही प्रयोजनको लागी चल्दै छ। पुटिन पनि एलिटहरुकै कठपुतली पिउसो हो। उसले पनि तेइ एजेन्डामा काम गर्दै छ। बाहिर आम मानिसलाई धुर्विकरणको भ्रम देखाएता पनि सबै गुलाम हुन्।
आगामी भ्याक्सिन र विश्व ‘न्यु वोर्ल्ड अर्डर’
बिल्गेट्स ठुलो योजनामा खेल्दै छ। उसको कम्पनि बाट अब आउने भ्याक्सिनको माध्यमले संसारका प्रत्येक मानिसको जीवन आफ्नो मुट्ठीमा लिने कुनियत अनुसार भ्याक्सिनमा ''क्वान्टम डट डिजिटल ट्याटु'' प्रयोग हुनेछ। त्यस डिजिटल ट्याटुको माध्यम बाट प्रत्यक मान्छे उनीहरुको निगरानीमा रहने छन्। मान्छेलाई एक किसिमको रोबोट बनाउने र ती रोबोट, दास सरह जिउन स्वीकार गरे मात्र जिउन पाउने छन्। आवाज उठाएमा ती भ्याक्सिनमा राखिएका गर्हौ धातुको माध्यमले नशा, न्युरन वा अन्य अति संबेदनशील क्षेत्रमा प्रहार गरि मान्छे मारिने छ। केहि बिशेल्षकका अनुसार यस्ता गतिविधि फाइव जी नेटवर्क द्वारा ति डिजिटल ट्याटुमा संदेश प्रवाह गरेर घटाइने छ। फाइव जी को टेस्ट गर्दा थुप्रै चरा खसेका, मौरी मरेका प्रसङ्ग हरु उल्लेख भएका छन्। यसबाट फाइव जीको तरंग हरु कति हानिकारक हुने छन् अनुमान लगाउन सहजै सकिन्छ।
स्पेस एक्सका धानाड्य एलोन मस्कले आफु र आफ्नो परिवारले कोरोना भ्याक्सिन नलगाउने र बिल गेट्स लाई मुर्ख (नकल हेड) भनेको कुराले पनि कोरोना भ्याक्सिन बारे प्रष्ट पार्छ ।
केहि हप्ता अघि हप्ता मात्रै जर्मनीको बर्लिन भन्ने शहरमा युरोप का विभिन्न देशका हजारौं को संख्यामा मान्छेहरु प्रदर्शनमा उत्रेका थिए ! आयरल्याण्ड मा पनि त्यस्तै भएको थियो ! लण्डनमा पनि ठूलो प्रदर्शन भएको थियो। सो भिडमा प्राय सबै मास्क बिना एक अर्का संग टासिएर नाराबाजी गर्दै थिए। कोरोना ठगि हो , यो सरुवा रोग पनि होइन, हाम्रो प्राकृतिक सास फेर्ने अधिकार हनन नगर, भाइरसलाई मास्क्ले छेक्न सक्दैन, उल्लु नबनाओ आदि उनीहरुको मूल नारा थियो।
त्यसको भोलि पल्ट बाट WHOले युरोपमा लक्डाउन आवस्यक छैन , युरोपमा भ्याक्सिन नलगाए पनि हुन्छ भनेर बोल्दै छ। ?? तर अन्य देशहरुमा , भ्याक्सिन न आउँदा सम्म यहि लक्डाउन नै एक मात्र विकल्प हो भनिंदै व्हिप जारि गरिएको छ। यसको धरातलीय यथार्थ बैंक ,पैसा संग जुडेको छ। बैंक प्रयोग न गर्ने गरिब, ज्याला मजदुरी गर्ने, खेति किसानी गर्ने मान्छे मार्ने वा बैंक अन्तर्गत ल्याउने योजना लगायत डिजिटाइज नभई सकेका देशहरुलाई डिजिटल कब्जामा लिन यो सबै चल्दै छ। क्यास्लेस समाज बनाउने योजना 'निउ वर्ल्ड अर्डर' अन्तर्गत छ र सोहि अनुरुप जुन देश डिजिटाइज भै सकेका छैनन् ती देशमा लक्डाउन गराएर अनलाइन कारोबारको वातावरण सृजना गराउंदै सारा मानिसलाई ब्याङ्किङ्ग कब्जामा लिन यो सबै चल्दै छ। डिजिटल प्रणाली अन्तर्गत हरेक मानिसलाई ल्याउने हो भने र क्यास्लेस समाज र अर्थतन्त्र गराउने हो भने, हरेक कारोबारको निगरानी गर्छन्। बाटो को छेउमा साग बेच्ने, सानो बाकसमा चाउचाउ बेच्ने, मकै पोलेर बेच्ने सबै मर्ने छन्। त्यस्ता जनसंख्या सके सम्म छिटो मार्न यो लक्डाउनको नाटक चल्छ।
गोप्य खुलासा: एजेन्डा २१ बारे सारा संसार सचेत भएको आवस्थामा भ्याक्सिन लगाउन न मान्ने मानिसहरु बढ्दो छन्। यदि भ्याक्सिन न लगाए उनीहरुको बैंक खाता, कार्ड ब्लक गरेर भ्याक्सिन लगाउन बाध्य पार्ने योजना छ।
पहिले पहिले ४ ओटा भ्याक्सिन लगाए पुग्थ्यो, हाल नेपालमा ७-८ओटा जति लगाउन पर्ने नियम छ । तर विश्व हल्लाउने अमेरिकामा १५ बर्षको उमेर पुग्दा पुग्दै करीब २१ओटा भ्याक्सिन लगाउन पर्ने अनिवार्य नियम छ।
अझै एउटा कुरा २०७५को जाडोमा नेपालको ललितपुर अवस्थित पाटन अस्पतालमा फ्लु शटको नयाँ भ्याक्सिनको परिक्षण ५०० नेपालीहरुमा गरिएको थियो। त्यो परिक्षणले के गर्यो ? ती मानिस मरे वा जिउँदै छन् ? त्यसको रिपोर्ट बाहिर आएन। र अहिले पनि नेपालमै भ्याक्सिन परिक्षण गर्न ३ देशले आदेश दिइसकेका छन् र कात्रोमा समेत कमिसन खाने बानी लागेका हाम्रा टट्टूहरुले नेपालीहरुलाई भेडा त बनाउँदै आएका थिए अब ल्याबमा हुने मुसा, गिनिपिग सरह बनाउने भए।
यो सबै लक्डाउन पहिलो चरणमा तेस्रो विश्वको गरिब मार्नको लागि चलेको हो। विश्व विकास बैंकले लक्डाउन गरे बापत पैसा दिने कुरा बेलारुसका राष्ट्रपतिले खोलेको त थाहा पाई सक्नु भयो होला।।
जनसंख्या घटेन भने धर्तिको प्राकृतिक स्रोतहरूमा आफ्नो हाली मुहाली नरहने डरले गर्दा यो कामलाई जसरि पनि सफल गराउने योजना अन्तर्गत एलिटहरु लागि परेका छन्। त्यसैले बैंकको दायरामा नआउने गरीब समुदायलाइ जति ज्यादा मार्यो, त्यो देशले उति नै ज्यादा आर्थिक सहयोग, विश्व विकास बैंकबाट पाई रहेको छ। नेपालका राजनीतिक दलालहरुले नेपाली नागरिकको लासको सौदा गर्दै छ। जति ज्यादा भोकमरी, आत्मा हत्या र अन्य रोगले मोर्छन उति नै पैसा रुपी हड्डी इनिहरुले पाउँछन्। तर यसमा सर्त छ, लक्डाउन गर्ने र मोर्ने जति कोरोनाको कारण भनेर लक्डाउन निरन्तर गर्ने। यो गरे बापत अरु बेला भाइरल फेवर, भाइरल फ्लु भनिने साधारण रोगलाई महामारी साबित गर्न सकिन्छ ।
हाम्रा देशका दिमाग प्रयोग गर्न नरुचाउने जमातले महामारी स्वीकार गर्छन र गुलामी पनि। २५००० लाई संक्रमण पुष्टि भए पछि फेरी लक्डाउन गर्ने निर्णय सुनी सक्नु भयो होला। फेरी १८ दिन लक्डाउनको खवर आएको छ। त्यो लक्डाउनमा बिद्रोह हुनेछ भन्ने पनि उनिहरुलाई थाहा छ। त्यस पछि भ्याक्सिन आयो सबैले लगाउन पर्छ भनेर भ्याक्सिनको माध्यमले जो जसले त्यो लगाउँछ सबै मार्ने योजना छ।
भ्याक्सिन भित्रिएको केहि समयमा विद्यालय खोलिने सम्भावना छ। यदि तेसो भएमा बाल बच्चालाई विद्यालय पठाउनु भनेको भ्याक्सिन लगाउने अनुमति दिनु हो भनेर विश्व स्वास्थ्य संगठनले नयाँ नीति जारि गरेको छ।आफ्नो छोराछोरीलाई भ्याक्सिन लगाउन भन्दा अगाडि आफ्नो प्रतिनिधि जनप्रतिनिधि ले भ्याक्सिन लगाउन पर्छ भन्ने माग राख्न जरुरी छ ।

तर हामी नेपाली डरमा नै जिउन रुचाउछौँ , एकतामा विजय हुन्छ भन्ने थाहा छ तर हामी छरिएर पराजय रुचाउछौँ। अब पनि जागिएन भने, किन बाँचेछु भनेर धिक्कार्दै बस्नु पर्ने छ। जाग उठ या जिउँदो लास बनी आफ्नो अस्तित्व मेटाउ।। निर्णय आफै गर्नु।
नेपाल आमाको जय, जागुन् राष्ट्रिय गाथा।
जनचेतना र यथार्थको माध्यमले समाज परिवर्तन गर्ने हाम्रो प्रयास।
ब्यापक शेयर गरेर जनचेतनामा सहयोग गरिदिनु होला।
अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट
Comments
Post a Comment