बलात्कार निवारणको मनोवैज्ञानिक उपाए। भिडिओ सहित।
बलात्कार कोही व्यक्ति विशेष हुने हैन। यो त एउटा बिचार हो, व्यवहार हो र यसको अन्त्य विचारबाट मात्र सम्भव छ। यस लेखमा ती विचारहरु व्यक्त गर्न खोजिएको छ। सुधार गर्दै अगाडि बढ्ने वा अझै पतनको मार्गमा अग्रसर रहने निर्णय आफै गर्नु होला।
बलात्कार….
किन, यो शब्द निकै नै गुन्जिरहेको छ ? समाजमा, समाचारमा, फेसबुक, युट्युबमा ?? जता ततै किन यस्तो घिनलाग्दो तल्लोस्तरको खवर, निरन्तर अझ दैनिक सुन्नमा आउँछ ??? यस्तो घटनाले निरन्तरता पाउनुको पछाडि के-कस्ता कारण होलान् कहिले शिक्षकद्वारा विद्यार्थी बलात्कृत, त कहिले हाकिम द्वारा कर्मचारी। कही सहकर्मी त कही सहपाठी ! कही धर्मगुरु त कहीं फादर पास्चर, मुल्लाह पनि ! कहिले सभामुख, त कहिले प्रदेश सांसद अनि मन्त्रि पनि, कहिले डाक्टरद्वारा बिरामी पनि। यस्ता घटना किन बारम्बार घट्ने गर्छन् मलाई भन्न समेत घिन लाग्छ, मानव हुनुमा अभिसाप लाग्छ , कहिले बाउ द्वारा छोरि त कहिले दाजु बाट बहिनि समेत यस्तो घीनलाग्दो तुच्छ स्तरको व्यवहार भोग्न परेको यथार्थ सुन्नमा आउँछ। समाज कँहा जाँदै छ ? के कारणले यस्ता घटना निम्ताइरहेको छ ? बुझ्ने हो ? बुझेर बिचार-बिमर्श गर्ने हो ? पढेर समय व्यथित मात्र गर्ने उद्देश्य भए नपढ्नु , परिवर्तनमा सहयोग पुर्याउन सक्छु भन्ने आँट र चेत छ भने समाज, मानसिकता र व्यवहार सम्बन्धि गहिरो धरातलबाट अध्ययन, अनुसन्धान गरि तयार पारिएको यस विश्लेषणमा स्वागत छ।
कारणहरु
१ सब-कन्सस प्रोग्रमिङ्ग अवचेतन मस्तिष्कलाई निर्धारित गर्ने शुक्ष्म सुचना (मुभी, टिभी र प्रचार-प्रसारका सामग्रीहरू)
सुन्दा हास्यास्पद लाग्ला। र नुबुझ्दा सम्म वाइयात पनि लाग्न सक्छ। तर मान्छेको आनीबानी, विचार, धारणा र दृष्टिकोण सबै अवचेतन मस्तिष्क बाटै बन्छ। अहिले बलात्कार गर्ने सबैको सब-कन्सस प्रोग्रमिङ्ग एक ताकाको फिल्म टिभी शो हरुले गरिसकेको छ। चारवटा फाइट, चारवटा गीत, तीनवटा बलात्कारका दृश्यहरु र जस्तो पायो त्यस्तै कथा हालेर मनोरञ्जनको नाममा गरिएका ती दिनका गल्ती उपज हो हालको बलात्कार। अझ ती चलचित्रहरूमा एउटा नारीलाई ४\५ जना पुरुष मिलेर लखटेको र खेदाएको देखाउने गरिन्थ्यो। त्यसैको नतिजा हो हालको सामुहिक बलात्कार। साधारणतय कोही तेस्रो व्यक्ति अगाडी छ भने नाङ्गिन गाह्रो मान्ने मान्छेको प्रकृति हो। तर दिनहुँ सामुहिक बलात्कारको घटनाहरु घटनुको पछाडी त्यो प्रोग्रमिंगको ठुलो हात छ। कुनै कार्यक्रम आदिमा टि.इ..ट्…… धुन सुन्नु भयो भने के बुझ्नु हुन्छ। त्यो धुनको अर्थ हाम्रो दिमागले छाडा शब्द भनेर प्रोग्रमिङ्ग बनाइसकेको छ। यहि हो प्रोग्रमिङ्ग को एउटा उदाहरण। जब केही कुरा बारम्बार दोहोराइन्छ त्यो प्रोग्रमिङ्ग बनेर दिमागमा बस्छ। हरेक प्रचार-प्रसारहरुमा सामानको छेउमा एउटा नारी उभिन्छे ! यसले कस्तो प्रोग्रमिङ्ग गरेको हुन्छ थाहा छ ? नारी भनेको सामान, सुख-सुविधाको लागि प्रयोग गर्न सकिने साधन हो ! भन्ने विचारधारा निर्माण भएर मस्तिष्कमा बसी सकेको हुन्छ। माल भन्ने शब्दले पनि बस्तु र मालसामान सरह उपभोगको साधन सरह हुन् भन्ने विचार निर्माण गराउँछ। जुन तपाईंले चाहे पनि नचाहे पनि जानेर वा अन्जानमा बनिसकेको हुन्छ। यी कुराहरु सोचेर नयाँ शैलीले मुभी, टेलिभिजन प्रचारप्रसारहरु र आफ्नो लवज बारे ख्याल गर्न सुरु नभएसम्म यस्ता घटनाहरु साधारण नै हुन्। अमेरिकामा बलत्कारको दर २७.३ छ, नेपालमा ०.८ यो सबै प्रोग्रमिङ्ग ले हो। अमेरिकाको टिभी मुभी, प्रचार नेपालको भन्दा अझै ज्यादा कामोत्तेजक भएर नै यो अवस्था छ। हामी अमेरिकाको नक्कल गर्न रुचाउँछौं। विचार गरौं के कस्ता हविगतिमा आफ्ना सन्ततिलाई हुर्काउने हो ???
२ नबुझी बाहिरि संस्कृति अंगाल्नुको उपज: न घरको न घाटको
यहाँ फेशन शरीरको प्रत्येक अंगको आकार र आकृति प्रष्टै देखिने पारदर्शी वा टिपिक्क स्किन टाइट् किसिमको कपडा लगाएर बजार, गल्लि, पसल जताततै कामउत्तेजनात्मक पहिरनमा हिँड्न रुचाउने, बेच्नै पर्ने, टिभी, फिल्म, होर्डिङबोर्ड आदिमा देखाउनै पर्ने माहोल बनिसक्यो। अब यहाँ ,मेरो छोरा छोरी हुन्, मेरो पैसा हो, जे इच्छा गरूँ आदि टिप्पणी पनि आउलान्। ठिक छ, तर आधा मात्र नक्कल गरेर बलात्कार बढेको हो। त्यही पहिरन, त्यही रहन-सहनले नै समाज अगाडि बढ्न पर्छ भन्ने हो भने, ब्वाईफ्रेन्ड र गर्लफ्रेन्ड संस्कार पनि अंगाल्न सक्नुपर्छ। १२ १३ वर्षबाटै आफ्नो छोराछोरीलाई यौन प्यास मेटाउने जोडी लिएर हिँड्ने छुट् दिन सक्नुपर्छ। दिनभरिका ती दृश्य,अङ्गका आकार, आकृति कामोत्तेजनात्मक पहिरन देखेर हिँडिरहेका मानिसमा यौन इच्छा जाग्नु प्राकृतिक नै हो, उसको त्यो भडास पोख्न नपाए, भड्किने पनि साधारण नै हो।
नेपाली समाज हजारौं वर्षबाट जीवन्त चलिआएको छ। मानिसमा हुने हर्मोन यौनइच्छा जैविकी त उही नै हो। तर यसको न्यूनीकरण हुने शैलीमा डिजाइन गरिएका पोशाकहरु साडी कुर्ता दौरा र अन्य हरेक जातजातिका मौलिक कपडाहरु हुन्। अहिले ती पहिरनहरू अपनाउन सम्भव त नहोला तर सोंच्ने अवस्था आइसक्यो। या त ब्वाई फ्रेन्ड-गर्ल फ्रेन्ड संस्कारमा छुट हुनुपर्यो। समाज एकातिरबाट उत्तेजनात्मक (SEDUCTIVE) अर्कोतिरबाट दबाउने (SUPPRESSIVE) भएमा बिस्फोट त भई नै हाल्छ र हालको अवस्था त्यही नै हो। ।
३. शिक्षा:
कस्तो ब्यबहार, बानी, विचार र मानसिकता देशको आवश्यकता हो ? भन्ने कुरा नबुझी पढाएपछि नतिजा हालको समाज हो। शिक्षाको बारेमा त धेरै नै भन्नु छ तर अहिले समाजको परिवेश बताउँदैछौं। त्यसैले आजको सन्दर्भ अनुरुप शिक्षाको कुरा गरौं।
विद्यालयमा किशोर किशोरीहरुलाई स्वास्थ्य प्रजनन् शिक्षा भनेर त पढाइन्छ। तर केवल जिउको बनोट र कण्डम लगाउँ भन्ने बाहेक विचार, भावना, मनोबिज्ञान तिरबाट केही पनि पढाइन्न। नारीको सम्मान, सहमति आदि कुराहरु त सिलेबस (पाठ्यक्रम) बाहिर होलान्। शरीर पूर्ण रुपमा विकसित हुन २१ वर्ष लाग्छ। विर्य बन्न अन्न बाट रस, रसबाट रगत, रगतबाट मासु, मासुबाट बोसो, बोसोबाट हड्डी, र हड्डीबाट मासी(बोन म्यारो) बन्छ। र मासीबाट वीर्य र रज बन्छ। २१ वर्षसम्म यो रस शरीरमा संकलन हुन दिन पर्छ, अनि मात्र पूर्ण रूपमा विकसित भइन्छ। यी कुरा त रुढिवादी र अन्धविश्वास मानिन्छ। र कण्डमको प्रचार, आधुनिक (मोर्डन) भनिन्छ। अब शिक्षामा परिवर्तनको आवश्यकता छ। अभिभावकत्वमा पनि धेरै कुराहरु समावेश हुनुपर्छ। यी दुईको समन्वयन गरेपश्चात बल्ल नतिजा सकारात्मक रहला। हालकै कुरालाई लिएर अगाडि बढे, सङ्केत त देख्दै नै हुनुहुन्छ समाज उतै नै जानेछ।
४. दण्डहीनता
यो हाल नेपालमा ज्यादा नै चलिरहेको फेसन हो। विचरा निर्मला पन्त बहिनीको याद आयो। नाम किटानी सहित जाहेरी दिँदा समेत कारवाही अगाडि बढाइन्न। अनि त्यस्तो लाचार कानुन प्रशासन भएको देशमा बलात्कारीलाई मनोबल त बढ्ने नै भयो। दण्ड भन्दा पनि आन्तरिक, विचार, मानसिकता, शिक्षा आदिको माध्यमले समाजमा सकारात्मकता ल्याउन सके दिगो हुन्छ। तर मानिसको समाजमा समेत पशु सरह व्यवहार र घटनाहरू घटेपछि दण्डको पनि महत्व हुन्छ। तर कानुन बनाउने, कानुन कार्यान्वयन गर्ने हरु नै चिप्ली रहेको अवस्था छ। सांसद बिडारी र गृह मन्त्री जस्ताले बलात्कारीलाई मनोवल बढ्ने गरि अभिव्यक्ति दिन्छन्। कहिले सेना, कहिले प्रहरीका व्यक्ति द्वारा बलात्कार भएको खबर पनि आउँछन्। दण्ड नियम कडा बनाएर कारवाही अगाडी बढाउन यस्ता लाक्षी, घामडहरुबाट आशा त छैन। तर पनि दण्ड कडा बनाउन सक्यो भने र यसको कार्यन्वयन हुनसकेमा बलात्कारी विचार आउँदा साथ झस्किने डराउने र निरुत्साहित अवश्य हुन्छ।
बलात्कार भनिएका केशमा ९० %महिलाले ईन्जोय गर्छन् – सांसद रामनारायण बिडारी
दिनमा ७ जति मात्र बलात्कार: चिन्ता लिने अवस्था होईन – गृहमन्त्री राम ब. थापा
५. आहार FEED
यहाँ आहार भन्नाले खाना मात्र होइन। दिमागमा हालिने विचारहरु पनि आहार नै हुन्। आँखाले देख्ने दृश्य, जिब्रोले बोल्ने वाणी, कानले सुन्ने शब्दहरु पनि आहार नै हुन्। समग्रमा भन्नु पर्दा, हाम्रो शरीरमा जे जति पनि सुचनाहरु जान्छन् ती सबै आहार अथवा FEED हुन्। कुनै-कुनै खानेकुराको गुण नै सेक्सुअल हर्मोन रिलिज वा ट्रिगर (यौनेच्छा बढाउने तत्त्व सक्रिय) गर्ने हुन्छ। ती खानेकुरा कुन उमेर बाट, कुन अवस्थामा खाने र खुवाउने भन्ने चिन्तनको पनि आवश्यकता छ। आयुर्वेदमा भोजन बारे शुक्ष्म अध्ययन र वर्गीकरण गरिएको छ। आधुनिक कहलाइएका कुवुद्धिजिवीले यस बारे अध्ययन गर्ने र शिक्षा नीति बनाउने विदेशीको नक्कल गर्ने गुलाम मानसिकता भएका पनि माथि उठ्न सकेमा केहि परिवर्तन अवश्य हुनेछ।
आजभोलि इन्टरनेट नचलाउने को होला र इन्टरनेटमा के-के हेरिन्छ ? के-के देखिन्छ ? सबै आहार नै हुन्। प्रचार, टिभी, फिल्म, बाटो, पसल, मल सबैले आहार भरण गरि नै रहेका हुन्छन्। कामोत्तेजना तिर नै उन्मुख भएका आहारले यस्ता घटना घटाउँछन्। साथीभाई बस्दा कुन विषयमा कुराकानी हुन्छ ? त्यो पनि आहार नै हो। जस्तो आहार त्यस्तै व्यवहार। मुख छाड्ने बानि हेरेका छौ? छोरीको बाउ हौ? आमाकै सन्तान हौ ? दिदि कै भाइ हौ ? बहिनी कै दाइ हौ? मा… दिनमा कति चोटि भन्छौ ? अझ इन्डियाबाट दिदी बहिनी बाला बेहेन… शब्द लिइरहेका हुन्छौ। साथीभाइ संग हुँदा, कति चोटी यस्ता शब्द प्रयोग गर्छौ ? अरु त छोड, एक्लै हुँदा तिम्रो दिमागमा कति गुन्जिन्छन् यी शब्दहरु? मानिस हो, जे बोल्छ जे दिमागमा गुन्जिन्छ, त्यही नै घटित हुन्छ। सबै शब्दमा मनपरी बोल्नेहरु पनि यस्ता घटनाका दोषी हुन्। बलत्कारीलाई फाँसी दे भन्दै हिँड्नेहरु पनि होलान् तर दिनमा आफ्नो कल्पनामा कति चोटी स्त्रीलाई नङ्गाइन्छ । त्यो कुरा समेत चिन्तन गर्न सुरु गरे निर्मलाले खुसी मान्लिन् ।
सबै नागरिक, समाज, विद्यालय, अभिभावक, प्रशासन मिलेर नयाँ ढंगले समाजको, शिक्षाको अभीनिर्माण गर्न जरुरी छ। यी कुराहरु सोचेर समाजमा परिवर्तन नआएसम्म यस्ता घटनाहरु दिनानुदिन बढ्ने नै अवस्थामा रहन्छन्। विचार-विमर्श, चिन्तन मनन गरौँ। सहयोग चाहिएमा सम्पर्क गर्नु होला।
हाम्रो चेतना र व्यवहारमा परिवर्तन नआए सम्म देशमा परिवर्तन आउने छैन। जनचेतना र यथार्थको माध्यमले समाज परिवर्तन गर्ने हाम्रो प्रयास।
“हाम्रो समाजमा यस्ता घटनाहरु फेरि नदोहोरिने किसिमले जब सबैको चेतनाको स्तर उन्नति हुन्छ, त्यो नै मेरो लागि सबैभन्दा ठूलो न्याय हुन्छ,” निर्मला बहिनिको आवाज।
सर्वैकत्त्व भवतु:
Comments
Post a Comment