गगन थापाको मिसिनरि साँठगाँठ।। भिडिओ सहित।


त्रिचन्द्र कलेजमा तडक भडक सहित विद्यार्थी नेताको रुपमा अगाडि आएका गगन थापा एकाएक कांग्रेस पार्टी भित्र खुड्किलो दर खुड्किलो पार गर्दै मंत्री हुने अवस्था सम्म कसरी पुगे ? कसले डोर्यायो ? कसले उठायो? यति छोटो समयमा यति उचाइमा कसले तान्यो र उनलाई यँहा सम्म पुर्यायो ? आजको एपिसोड यसबारेमा छ। गाली गर्ने, फलाक्ने र शब्द जाल बुन्ने खुबी भएकालाई ठूलो नेताको रुपमा हेर्ने नेपाली मानसिकताले नयाँ कोणबाट सोंच्न, अध्ययन गर्न सुरु गरोस् भन्ने उद्देश्य को साथ यी कुराहरु उजागर गर्दै छौं। 

भिडिओ 

उनको नेपाली शब्दमा राम्रो पकड छ भन्नेबारेमा दुईमत छैन। उनलाई यो उचाई सम्म उनको बौद्धिक क्षमता र उनको वाक् कला ले पुराएको हो भनेर उनका समर्थकहरुले बोल्ने गरेका छन्। कांग्रेसलाई अब युवा नेतृत्वको खाँचो छ र गगन अगाडि आउन पर्छ भनेर बोल्ने उनका सुभचिन्तकहरुलाई यो लेखले झट्का दिनसक्छ।

 चार्ल्स मेंडेज

अलिकति उनको गड फादर चार्ल्स मेंडेज बारे बुझौं। नेपालमा इसाई धर्म फैलाउन पञ्चायतकालदेखि नै सक्रिय तत्व हुन् मेंडेज। उनी थुप्रैपटक धर्म परिवर्तनको कसुरमा जेल परेका थिए। उनि बिदेशी नागरिकलाई ठगेको मुद्दामा पनि हनुमानढोका थुनिएका थिए। मेंडेजले संगम इन्स्टिच्युट नामको संस्था चलाएका थिए। बाहिर सुनाउनलाई नेपालमा बौद्धिक मन्थनको साथ् अनुसन्धान गराउने र समसामायिक समस्या बारे सोध पत्र, पुस्तक प्रकाशित गर्ने देखाइएता पनि, संगम इन्स्टिच्युट धर्मनिरपेक्षता प्रवर्धन र नेपाली मूल धर्ममाथि प्रहार गर्ने एवं पद र कुर्सिको लागि जे पनि गर्न सक्ने प्यादा खोजेर राजदुतावास संग जुडाउने उद्देस्यको साथ् संचालन गरिएको हो। र गगन थापा, मेंडेजको हुन्हार, जेहेन्दार उत्पादन हुन्।

नेबिसंगको केन्द्रिय सचिव रहेका गगन थापाले २०६२को श्रावणमा अध्यक्षमा उमेद्वारी दिने प्रसंगमा गिरिजाप्रसाद कोइरालासँग विवाद गरेका थिए। नेपाल बेच्ने खेलाको तत्कालिन ब्राण्ड एम्बासडर गिरिजाका अनुसार गगनले पार्टीका कुरा दरबार पुर्याउने गर्थे। गगनको यो क्षेपारोलाई पनि रंग फेर्नमा चुनौती दिने खुबीले उनि अमेरिकी राजदुतावासको नजरमा परे। उनको पावरमा पुग्ने भोक देखेर अमेरिकाले उनलाई आफ्नो प्यादा बनाउने निर्णय गरेको थियो। र आन्दोलनमा ढुंगा हान्दै गरेको तस्बीर उनको पोर्ट फोलिओको कभर बन्यो। 

त्यस लगत्तै र्यान्डी बेरी जो तत्कालिन नेपालको लागि अमेरिकी उप-राजदुत अर्थात डिपुटी चिफ अफ मिसन थिए उनि संग गगनको तार जुड्यो। गगन अमेरिकी राजदुतावासको खास पात्र हुन् भन्ने कुरा र्यान्डी बेरीले गरेको प्रलेखिकरणमा लेखिएको छ। गगन थापा अमेरिकी मिसनको लागि तयार पारिएका अर्का पात्र हुन्।

पहिलो संविधानसभाको समानुपातिक सदस्यका रुपमा उनलाई अमेरिकी सिफारिसमा ल्याइएको थियो। उनी नेपाली काँग्रेस एवं संसद भित्रको सबै गतिविधिहरुको सुचना अमेरिकी राजदुतावास सम्म पुर्याउनको लागि खटाइएका हुन्। अहिले नेपालको संसद भवनको क्यामेरा, माइक लगायत सबै उपकरणको अन्तरजाल(इन्टरनेट) सर्भर अमेरिकी कम्पनीलाई जिम्मा लगाइएको छ। अमेरिकी राजदुतावासको निगरानीमा हाम्रो संसद भवन छ। त्यँहा कुन बिषयमा छलफल हुन्छ ? कसले के बोल्छ ? सबै अमेरिकी राजदुतावासलाई थाह हुन्छ। त्यसैले पढे-लेखेको भएपनि एमसीसी बारेमा इनको चेत खुल्न सकेको छैन। बुढा खाडा नेताहरुले त बुझेनन् होला तर यिनी जस्ता हुनहार, ज्ञानी बुद्धिजीवी कहलाइएका नेताले समेत एमसीसीको बुँदाको शब्द जालहरु नबुझेको हो ? अथवा अमेरिकी नुनको सोझो गरेको हो ? प्रष्टै बुझ्न सकिन्छ। २०७४ को चुनावमा विजयी भएका थापा, विजय जुलुस गर्दा गर्दै बिचमै गायव भए। पछि यथार्थ बुझ्दा उनि धर्म परिवर्तन गर्ने इसाई संगठन सच्चाई केन्द्रको आठौँ अन्तराष्ट्रिय महासत्संगको लागि पोखरा पुगेका रहेछन्। उनको लागि दिन रात प्रचार गर्दै हिड्ने सुभचिन्तक संगको विजयी जुलुस भन्दा गड फादरले आयोजना गरेको कार्यक्रम प्राथमिकतामा पर्नु कुनै नौलो कुरा होइन। बिलिभर्स चर्चमा पनि उनको बाक्लो आवत जावत रहेको छ। अमेरिकी र इसाई दानापानी खाएर उनको राजनीतिक कद हर्लक्कै बढेको छ। नेपाली कांग्रेसमा गगन बबुरो जस्ता छ्यासछ्यास्ती छन् तर उनीहरुको गड फादर संग चिनजान र पहुँच नभएकाले इनि नै लाटो देशमा तन्नेरी भएका छन्। 

अमेरिकाले डमरु बजाउन साथ् उनि बुर्कुसी मार्न थाल्छन् । उनलाई हार्बर्डको केनेडी स्कुलमा यस बारे २ दिने तालिम प्राप्त भएको छ। अमेरिकी राजदुतावासले आफ्ना बफादारहरुलाई एस्तै तालिमको नाम दिएर नयाँ योजना बताउने र गोप्य सुचना लिने गर्छ। 

उनि पावरमा रहेर उनले बाख्रापालनको नाममा गरीब किसानहरूलाई दिइनुपर्ने अनुदान आफ्नै नाममा पारेका थिए भन्ने आरोप पनि सामाजिक संजाल भरि देख्न पाइन्छ। उनको १ अर्ब, २८ करोडको भुडी भन्ने तस्बिर अझै पनि छ्यासछ्यास्ती देख्न सकिन्छ। स्वास्थ्य मंत्री रहँदा मेडिकल शिक्षाको भाइस च्यांसेलर (उपकुलपति)को नियुक्तिमा पनि इनले १४ करोड र वीर अस्पतालको मेडिकल सम्बन्धि सामान खरिदमा उनले १ अर्ब ठगेको कुरा पनि सामाजिक संजालमा उठ्ने गरेको छ। तर यस्ता नेतालाई नै हामीहरुले नेपालका एक मात्र आशा भन्ने तरिकाले प्रचार गर्छौं। बिदेशीका दलालहरुलाई नै सँधै समर्थन गरेर देश यँहा सम्म आईपुगेको छ। एक पटक सबैले सोच्नु होला।।


नेपाल आमाको जय,

जागुन् राष्ट्रिय गाथा।।

शिवगौरीदास (अनुप)

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट


Comments

  1. साँच्चै नै नेपालीहरुको गगन थापाप्रतिको भ्रम चिर्ने लेख!!! प्रस्तुतकर्ता धन्यवादका पात्र हुनुहुन्छ र यस्तै यस्तै चेत खुलाउने लेखहरुलाई निरन्तरता दिनु हुन अनुरोध पनि छ !!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।